गजुरीबाट बाघकाे छाला सहित ६ जना पक्राउ

Avatar photo
Dhadingpost
आइतवार, मंसिर ८, २०७६

धादिङ मंसिर ८ । धादिङको गजुरी गाउँपालिका २ चालिसेबाट पाटे बाघको छाला सहित ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गजुरी गाउँपालिका ३ का राजेन्द्र तामाङ, भाईराम प्रजा, ज्ञान बहादुर बि.क., आशिष तामाङ, र बेनिघाट राेराङ गाउँपालिकाका सन्त तामाङ, कुमार तामाङ रहेकाे जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।

प्रहरीले उनीहरुलाई गोप्य सूचनाको आधारमा वालसिंङ भन्ने ठाउँबाट हाईवे तर्फ बोकी ल्याई रहेको अवस्थामा ३ वटा मोटरसाईकलमा सवार ६ जनालाई खानतलासी गर्दा बा. १८ प ९६९३ नम्बरको मोटरसाईकल चालक भाईराम प्रजा र सो मो.सा.पछाडी सवार राजेन्द्र तामाङले बोकेको जेब्रा झोला भित्र बोरामा लुकाई छिपाई राखेको अवस्थामा ७ फिट २ ईन्च लम्बाई‚ १ फिट ३ ईन्च चौडाई भएको पाटे बाघको छाला थान १ सहित पक्राउ गरेकाे थियाे ।

अन्य ग. ७ प ५९६३ र ग. ६ प १६४५ नं.को मो.सा. मा सवार ४ जना व्यक्तिहरु समेतको मिलेमतोमा बेचबिखन गर्न हिडेको भन्ने प्रारम्भिक अनुसन्धानको क्रममा बुझिन आएको हुनाले ६ जना व्यक्तिहरुलाई पक्राउ गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन बमोजिम थप अनुसन्धान तथा कारबाहीको लागि डिभिजन वन कार्यालय धादिङ पठाईएको प्रहरीले जनाएकाे छ ।