धादिङबेसी मंसिर ८ । धादिङबेसी सदरमुकाम स्थित पशुपति मन्दिरमा आज शतविऊ छर्ने मेला लाग्दैछ ।
जिल्ला सदरमुकाम धादिङबेसी झर्नु भन्दा पहिला २०१९ सालका यस क्षेत्रमा पशुपति मिन्दर बनाउन छलफल गरिएको र २०२३ सलामा राजा महेन्द्रले शिवमन्दिर बनाउन अनुमति दिए सँगै नियमित वाला चतुर्दशी मेला लाग्दै आएको बताईन्छ ।
धादिङबेसी सदरमुकाम रहेको क्षेत्रमा वयरघारी र केहि भुभाग खेतको फाँट थियो । साङ्कोष, मुरलीभञ्ज्याङ, पाल्पा र साँखुका स्थानियहरुको पहलमा पशुपतिनाथको मन्दिर निर्माण गरियो मन्दिर निर्माणको वर्ष नै गाउँ गाउँबाट फुलको डोली ल्याउने र मृतक आफन्तको नामामा शतबिऊ छर्ने चलन बसेको स्थानीयहरु बताउँछन् ।
मसिंर कृष्ण चर्तुदशीको यस विशेष दिन नै वाला चतुर्दशी हो र आजको दिन मृत्यूवरण गरेका पितृहरुको मोक्षयात्राकालागि अत्यन्त महत्पूर्ण दिनका रुपमा लिइन्छ । नेपाल अनि भारतका विभिन्न महत्वपूर्ण शक्तिपीठ अनि त्रिवेणीधामहरुमा आज सतविज छर्ने तिर्थालुहरुको घुईँचो रहनेगर्दछ ।
सतविज भन्नाले धान, गहुँ, मास, मुगी, कागुन र सामा मिलाईएको सप्तधानायूक्त शतविज र विभिन्न प्रकारका फूलहरु रहनेगर्दछ ।