प्रदेश सांसदको नेतृत्वमा धर्ना

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर ६, २०७६

धादिङ मंसिर ६ । धादिङका प्रदेश सांसद जगत सिंखडाको नेतृत्वमा धादिङ र गोरखाका जनप्रतिनीधिहरुले जिल्ला प्रशासन धादिङको गेटमा धर्ना दिएका छन् ।

राष्ट्रिय गौरवको बुढीगण्डकी जलविद्युत परियोजना सम्पन्न गर्न सरकारले ढिलाई गर्दा डुवान क्षेत्रका पिडितहरुलाई अफ्ठेरो भएको जनाउँदै कतिपय ठाउँमा अझै मुअब्जा नतोकिएकोले सरकोरको विरुद्ध जनप्रतिनीधिहरु नै आन्दोलनमा उत्रिएका हुन् ।

मंसिर १० गते सम्म चरणबद्ध अन्दोलनको घोषणा गरेका छौ, सरकारले बुढीगण्डकी जलविद्युत परियोजनाको काम तत्काल अगाडी बढाउँदै मुअब्जा तोक्न बाँकी क्षेत्रहरुमा मुअब्जा तोकी रकम वितरण गर्ने प्रतिवद्धता नजनाए अर्को चरणको आन्दोलनगरिने सांसद जगत सिंखडाले बताए ।

सांसद सिखडाले आफुले कयौ पटक सदनमा समेत बुढीगण्डकी जलविद्युत परियोजनाका पिडितहरुको आवाज राखेको बताउँदै सरकार गम्भीर नदेखिएकोले आन्दोलन गर्न वाध्य भएको बताएका थिए ।

जनप्रतिनीधिहरुको उक्त धर्ना कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश सचिवालय सदस्य रामबहादुर भण्डारी, नेपाली काँग्रेस धादिङका पुर्व सभापति रामनाथ अधिकारी लगायतले धर्नामा रहभागिता जनाउँदै ऐकबद्धता जनाएका थिए ।

गोरखा जिल्लाको आरुघाट, आखेत र धादिङ जिल्लाको विशालनगर र खहरेबजारको घरजग्गाको मुआब्जा नतोकिँदा र दुई वर्षअघि मुआब्जा बुझेकाहरुको पनि घरगोठ र बोटबिरुवाको मुआब्जा नतोकिँदा डुवान प्रभावितहरु समस्यामा परेका छन् ।