देउरालीमा जियोमेटरिक्स ईन्जिनियरिङ कक्षा सुरु

Avatar photo
Dhadingpost
शुक्रबार, मंसिर ६, २०७६

धादिङ मंसिर ६ । धादिङको नीलकण्ठ नगरपालिका वडा न ८ देउराली माध्यामिक विद्यालयमा जिल्ला मै पहिलो पटक “जियोमेटरिक्स इन्जिनियरिङ” कक्षाको सुरुवात भएको छ ।

प्रविधिक कक्षालाई जोड दिँदै देउराली माध्याकि विद्यालयले सुरु गर्न लागेको “जियो मेटरिक्स इन्जिनियरिङ” कक्षाको बिशिबार एक औपचारक कार्यक्रमका बीच नगर प्रमुख भिमप्रसाद ढुङ्गानाले उद्घाटन गरेका थिए ।

देउराली माध्यामिक विद्यालय ससाह देउरालीमा सुरुहुने तीन वर्षे डिप्लोमा सर्वे इन्जिनियर (जियोमेटरिक्स) कक्षा सुरुवातले जिल्लामा खड्किएको दक्षा जनशक्ति उत्पादन हुने नगरप्रमुख भिमप्रसाद ढुङ्गानाले बताएका थिए ।

नीलकण्ठ नगरपालिका वडा नं।८ को ५ लाख र नगरपालिकाबाट १० लाख गरी १५ लाख लगानीमा उक्त “जियोमेटरिक्स इन्जिनियरिङ” कक्षा संचालनमा आएको हो ।