धादिङ कारागारबाट भागेका सुब्बा वस्ती ३४ वर्ष पछि पक्राउ

Avatar photo
Dhadingpost
आइतवार, मंसिर १, २०७६

धादिङ मंसिर १ । चोरी मुद्दामा ३ वर्षको कैद सजय भुक्तानीका लागि जिल्ला कारागारमा रहेका बेला भागेका फरार प्रतिवादी ३४ वर्ष पछि पक्राउ परेका छन् ।

धादिङ धुँवाकोट निवासी ६९ वर्षिय राम बहादुर भन्ने सुब्बा वस्ती चोरी संलङ्न भएको भन्दै धादिङ जिल्ला अदालतले २०४१ जेष्ठ ८ गते गरेको ३ बर्ष ११ महिना ७ दिन कैद भुक्तानीको लागि कारागार रहँदा भागेका थिए ।

सुब्बा वस्ती कारागार कार्यालय धादिङमा थुनामा रहेकोमा मिति २०४१।०८।०६ गते कारागार कार्यालय धादिङबाट भागी फरार भागे सँगै अदालतले भागेको मुद्दामा फेरि २०४२।०८।१७ गते फैसला गरि ५ बर्ष ५ दिन थप कैद हुने ठहर गरेको थियो ।

निज सुब्बा वस्तीको नाममा ८ बर्ष ११ महिना १२ दिन कैद बेरुजु रही फरार रहेको अवस्थामा प्रहरीले शनिबार खाल्टेबाट पक्राउ गरेको हो । फोटो स्रोतः जिल्ला प्रहरी कार्यालय