अमृत तामाङ
धादिङ मंसिर १ । धादिङको पुरानो सदरमुकाम (पुरानो धादिङ) सुनौला बजारमा गत शुक्रबारबाट सुरुभएको इन्द्रमोहन (विष्णु) स्मृति कप फुटबल प्रतियोेगिताको उपाधी भद्रकाली युवा क्लव मलेखुले जितेको छ ।
सुनौलाबजारका स्थानीय समाज सेवी स्व. इन्द्रमोहन (विष्णु) श्रेष्ठको स्मृतिमा आयोजित प्रथम स्मृति कप फुटबल प्रतियोगिताको उपाधी आयोजक कम्युनिटी प्रोगेसलाई पेनाल्टीमा सुट आउटमा १ गोलले हराउँदै बेनिघाट रोराङ गाउँपालिका स्थित भद्रकाली युवा क्लव मलेखुले जितेको हो ।
सुनौला बजारका स्वर्गिय इन्द्रमोहन (विष्णु) श्रेष्ठको सम्झनामा उहाँको परिवारको आर्थिक सहयोगमा कम्युनिटी प्रोगेस नेपालले आयोजना गरेको यस प्रतियोगितामा प्रथम पुरस्कार ३५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र र द्वितिय पुरस्कार १५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाण पत्र खेल समापन कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेका महादिवेशन प्रतिनीधि झंकनारायण श्रेष्ठले प्रदान गरेका थिए ।
प्रतियोगितामा उत्कृष्ट गोल किपर भद्रकालीका आर्यान तामाङ बने, उत्कृष्ठ खेलाडी भद्रकालीकै शैलेन्द्र लामा बने यस्तै प्रतियोगिता अवधिभर २ गोल गर्दै सार्वाधिक गोल कर्ता आयोजक कम्युनिटी प्रोगेसका सन्जिव सिन्जाली बने भने उत्कृष्ट डिफेन्डर पनि आयोजक कम्युनिटी प्रोगेसका सन्जित थापा बने उनीहरुलाई नगद १ हजार सहित ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।
अध्यक्ष विष्णु नेपालीको सभापतित्व र विराज सिजालीको संचालनमा भएको समापन कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धादिङका जिल्ला सदस्य लक्ष्मण रम्तेल, नीलकण्ठ नगरपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष गौतमहरि अधिकारी, वडा नं. ६ का अध्यक्ष उद्धव रिजाल लगायतको विशेष आतिथ्यता रहेको थियो ।
सम्बन्धित यस अघिको समाचार
इन्द्रमोहन स्मृति कपको फाइनलमा भद्रकाली मलेखु र कम्युनिटी प्रोगेस
धादिङको पुरानो सदरमुकाममा फुटबल प्रतियोगिता सुरु
सुनौलाबजारमा खुल्ला फुटबल प्रतियोगिता हुने
सुनौलाबजार खेल मैदान हिलो भएपछि खेल स्थगित
सुनौलाबजार टुडिखेलमा फुटबल प्रतियोगिता हुने