धादिङ मंसिर १ । धादिङको थाँक्रे गाउँपालिका स्थित खयरघारी नजिकै कन्टेनरमा आगलागी भएको छ । बिरगंजबाट काठमाण्डै जाँदै गरेको ना ६ ख ३५९० नम्बरको कन्टेनर ट«कमा शनिबार राती साढे ९ बजे आगलागी भएको हो ।
आगलागीबाट कन्टेनर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । कन्टेनरमा के कारणले आगलागी भएको हो, प्रहरीले अनुशन्धान गरि रहेको जनाएको छ ।