इन्द्रमोहन स्मृति कपको फाइनलमा भद्रकाली मलेखु र कम्युनिटी प्रोगेस

Avatar photo
Dhadingpost
शनिबार, कार्तिक ३०, २०७६

धादिङ कार्तिक २९ । धादिङ जिल्लाको पुरानो सदरमुकाम सुनौलाबजार (पुरानो धादिङ) मा जारी खुल्ला अन्तर क्लव स्तरिय इन्द्रमोहन (विष्णु) स्मृति कप पुरुष फुटबल प्रतियोेगिता फाईनल चरणमा प्रवेश गरेको छ ।

आईतबार हुने फाईनल खेल भद्रकाली युवा क्लव मलेखु र आयोजक कम्युनिटी प्रोगेस टिम बीच हुने भएको छ ।

आज भएको सेमी फाईनल खेलका त्रिवेणी समाज युवा क्लवलाई १ गोलले हराउँदै भद्रकाली युवा समाज मलेखु फाईलन पुगेको हो भने सनराईज युवा क्लव आदमटारलाई १ का विरुद्ध ३ गोल गर्दै आयोजक कम्युनिटी प्रोगेस ले फाईनल यात्रा बनाएको हो ।

नेपाली काँग्रेस धादिङका पूर्व सभापति एवम् सुनौलाबजारका स्थानिय रामनाथ अधिकारीले शुक्रबार एक कार्यक्रमका बीच फुटबल प्रतियोगिताकोएक उद्घाटन गरेका थिए ।

सुनौला बजारका स्वर्गिय इन्द्रमोहन (विष्णु) श्रेष्ठको सम्झनामा उहाँको परिवारको आर्थिक सहयोगमा कम्युनिटी प्रोगेस नेपालले आयोजना गरेको यस प्रतियोगिताको पुरस्कार राशी ३५ हजार प्रथम र १५ हजार द्वितिय पुरस्कार राशी रहेको आयोजक संस्थाका सचिव बिराज सिदालीले धादिङपोष्टलाई बताए ।

धादिङको पुरानो सदरमुकाममा फुटबल प्रतियोगिता सुरु
सुनौलाबजारमा खुल्ला फुटबल प्रतियोगिता हुने
सुनौलाबजार खेल मैदान हिलो भएपछि खेल स्थगित
सुनौलाबजार टुडिखेलमा फुटबल प्रतियोगिता हुने