मलेखुमा मोटरसाईकल दुर्घटना एक जनाको मृत्यू

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक २९, २०७६

धादिङ कार्तिक २९ । धादिङको बेनिघाट रोराङ गाउँपालिका मलेखु पेट्रोल पम्प स्थित पृथ्वी लोकमार्गमा शुक्रबार बिहान दुई मोटरसाइकल ठक्कर खाँदा एक जनाको मृत्यू भएको छ ।

मलेखुबाट बेनिघाट तर्फ जादै गरेको बा ९३ प १७९३ नं. को २२० पल्सर मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको लु ४४ प १४९९ नं. को बुलेट मोटरसाईकल एक आपसमा ठक्कर खाँदा धादिङ बेनिघाट रोराङ ३ बस्ने बर्ष २५ को अशोक मगरको मृत्यू भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार दुई मोटर साईकलमा सवार चार जना नै घाईते थिए उपचारको लागी राजमार्ग अस्पताल मलेखुमा पठाईएकोमा उपचारको क्रममा बा ९३ प १७९३ नं।को मो।सा।चालक मगरको उपचारको क्रममा मृत्यु भएको हो । अन्य घाईतेहरुलाई थप उपचारको लागि ट्रमा सेन्टर काठमाण्डौ पठाईएको छ ।