धादिङमा प्याब्सन प्रेसिडेन्ट कप खेलकुद आज देखि हुने

Avatar photo
Dhadingpost
शुक्रबार, कार्तिक २९, २०७६

धादिङ कार्तिक २९ । धादिङको गजुरी गाउँपालिका स्थित गलौदी खेल मैदानमा आज देखि आठौं प्याब्सन प्रेसिडेन्ट कप-२०७६ खेलकुद प्रतियोगिता हुने भएको छ ।

नीजि तथा आवासीय विद्यालय अर्गनाईजेशन-प्याब्सन धादिङको आयोजनामा कार्तिक २९ र ३० गते गलौदी खेल मैदानमा आठौं प्याब्सन प्रेसिडेन्ट कप-२०७६ खेलकुद प्रतियोगिता हुन लागेको हो ।

प्याब्सन धादिङमा आवद्ध विद्यालयहरुले भाग लिने यस प्रतियोगिताको हरेक इभेन्टमा प्रथम दितिय र तृतियलाई स्वर्ण, रजत र कास्य पदक सहित प्रमाण पत्र प्रदान गरिने प्याब्सन धादिङका अध्यक्ष गोविन्द बुढाथोकीले धादिङपोष्टलाई बताए ।

यस्तै खेलाडीले प्राप्त गर्ने अंकको आधारमा विद्यालयलाई समेत प्रथम, दितिय र तृतिय घोषणा गरि सम्मान गरिने समेत बुढाथोकीले बताए ।

विगतका वर्षहरुमा हुँदै आएको राष्ट्रिय खेल भलिबल (छात्रा/छात्र) यस वर्ष प्रेसिडेन्ट कपमा हटाए सँगै प्यब्सन धादिङ आलोचित बनेको छ । नीजि विद्यालयहरुमा भलिबलले छात्र/छात्र दुबै तर्फ द्रुत गतिमा विकास मात्र गरेको थिएन । खुल्ला अन्तर विद्यालय भलिबलमा समेत नीजि विद्यालय अब्बल देखिन सफल भएको थियो ।

यस्तो अवस्थामा भलिबल हटाएर आलोचित बन्दा कस्तो लागि रहेको छ, भन्ने हाम्रो प्रश्नमा अध्यक्ष बुढाथोकी भन्छन्- प्यब्सनले भलिबल हटाउँदैन हामी अर्को छुट्टै कार्यतालिकामा अर्को खेलकुद गराउने योजना अनुरुप यो प्रेसिडेन्ट कपमा हटेको हो । अन्य खेलहरु समेत समेट्ने योजनामा प्याब्सन छ, यसमा पनि विद्यार्थीको अत्याधिक आकर्षण रहेको भलिबल, फुटबल जस्ता खेलहरु नहुने कुरै भएन ।

प्याब्सन कपमा भलिबल हटाईदा खेलाडी निराश