सुनौलाबजारमा खुल्ला फुटबल प्रतियोगिता हुने

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक २५, २०७६

धादिङ कार्तिक २५ । धादिङको पुरानो सदरमुकाम स्थित सुनौलाबजार टुडिखेल मैदान हिलो भएर रोकिएको खुल्ला फुटबल प्रतियोगिता कार्तिक २९ गतेबाट सुरुहुने भएको छ ।

कम्युनिटी प्रोगेस नेपालको आयोजनामा हुन लागेको इन्द्रमोहन विष्णु स्मृति प्रथम कप फुटबल प्रतियोगिता आमी शुक्रबार (कार्तिक २९गते) बाट हुने संस्थाका सचिव बिराज सिदालीले बताए ।

धादिङको इतिहास बोकेको पर्यटकिय गन्तव्यका रुपमा विकास हुँदै गहिरहेको भैरबी मन्दिर नजिकै रहेको पुरानो सदरमुकाम सुनौलाबजारमा हुने उक्त फुटबल प्रतियोगितामा ३५ हजार प्रथम र १५ हजार द्वितिय पुरस्कार राशी रहेको उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर, धेरै गोलक कर्तालाई १-१ हजार नगद सहित पुरस्कृत गरिने समेत सचिव सिदालीले बताए ।

खेलाडीलाई आवास सुविधा सहित हुन लागेको उक्त प्रतियोगिताको लागि सहभागि टिम दर्ता विहिबार सम्म रहेको छ । टिम दर्ताको बारे थप जिज्ञासा भए इच्छुक व्यक्ति वा संस्थाले ९८५११६०६८० मा सम्पर्क गर्न सकिने बताईएको छ ।