प्याब्सन कपमा भलिबल हटाईदा खेलाडी निराश

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक २१, २०७६

धादिङ कार्तिक २१ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन, धादिङले कार्तिक २९ गतेबाट संचालन गर्ने प्याब्सन प्रेसिडेण्ट कप २०७६ मा भलिबल खेल बिधा हटाए पछि भलिबल खेलका विद्यार्थीहरु निराश बनेका छन् ।

विगतका वर्षहरुमा प्याब्सनले भलिबल खेललाई उच्च प्राथमिकतामा राखेर प्रतियोगिता समावेश गर्ने गरे सँगै प्याब्सन आवद्ध निजी विद्यालयहरुका विद्यार्थीमा भलिबलको लोकप्रियता ह्वात्तै बढेको थियो ।

जिल्लाका विद्यालय स्तरीय भलिबलमा समेत निजी विद्यालयको उत्कृष्ट प्रदर्शन गरि रहेका बेला प्रेसिडेण्ट कप २०७६ मा भलिबल खेल बिधा हटाईदा भलिबल खेलका खेलाडी विद्यार्थीहरु निराश बनेका हुन् ।

प्यब्सन धादिङका अध्यक्ष गोविन्द बुढाथोकी देश बाहिर रहेकाले हामी सचिव जयराम ढुङ्गानालाई भलिबल खेल किन हटाएको भनेर प्रश्न गरेका थियौं । उनी भन्छन्, दुई दिनमा प्याब्सन प्रेसिडेण्ट कप २०७६ गर्नु पर्ने भएकोले छात्र र छात्रा दुई तर्फको भलिबल खेल हटाईएको बताए ।

क्रिकेट, फुटबल जस्ता लोकप्रिय खेलहरु प्याब्सन प्रेसिडेण्ट कपमा थपिने आशा गरेका निजी विद्यालयहरुले खेलिँदै आएको भलिबल नै हटाउँदा आश्चर्यमा परेको एक निजी विद्यालयका प्रिन्सिपलले बताए । समय अभावमा कसरी भयो ? दुई दिन मै सक्नु पर्ने गरि किन आयोजना गरेको हाम्रो विद्यालयले प्याब्सन प्रेसिडेण्ट कप २०७६ मा भाग नलिने समेत ति प्रिन्सिपलले बताए ।

प्याब्सन धादिङले कार्तिक २९ गतेबाट संचालन गर्ने प्रेसिडेण्ट कप २०७६ मा लङजम्म, सटपुट, दौड र ज्यावलिङ थ्रो खेलहरु हुने बताईएको छ ।