शिक्षक हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक २०, २०७६

धादिङ कार्तिक २० । धादिङको बेनिघाट रोराङ गाउँपालिकाले शिक्षक हाजिरी जवाफ प्रतियोगिता आज सम्पन्न गरेको छ ।

माध्यामि तह र आधारभुत तह कक्षा ६-८ सम्म अध्यापनरत शिक्षक स्तरीय प्रतियोगिता गरि सकेको गाउँपालिकाले बुधबार आधारभुत तह कक्षा १-५ प्रतियोगिता गरि शिक्षक हाजिरी जवाफ प्रतियोगिता बुधबार सम्पन्न गरेको हो ।

तीन तह बनाएर गरिएको गाउँपालिका भित्रका अन्तर विद्यालय स्तरीय आजको शिक्षक हाजिरी जवाफ प्रतियोगितामा १४ अंक ल्याउँदै कालिका आधारभुत विद्यालय  प्रथम, १३ अंक ल्याउँदै पिपलभञ्ज्याङ मावि आधारभुत तह द्वितिय, १२ अंक ल्याउँदै रोवाङ आधारभुत विद्यालय तृतिय र ११ अंक ल्याउँदै शंखादेवि मावि आधारभुत तह चौंथो भएको शिक्षा अधिकृत बोधराज पाठकले जानकारी दिए ।

यस अघि सम्पन्न मावि स्तरीयमा बागेश्वरी  मावि र आधारभुत ६-८ सम्ममा शंखादेखि मावि प्रथम भएका थिए ।

यस अघिका समाचारहरु
शिक्षक हाजिरी जवाफ प्रतियोगितामा शंखादेवि आधारभुत तह प्रथम
शिक्षक हाजिरी जवाफ प्रतियाेगितामा बागेश्वरी मावि प्रथम
धादिङमा पहिलाे पटक शिक्षक हाजिरी जवाफ