बिहिबार गंगाजमुना पर्व विशेष सार्वजनिक विदा

Avatar photo
Dhadingpost
बुधबार, कार्तिक २०, २०७६

धादिङ कार्तिक २० । धादिङको गंगाजमुना गाउँपालिकाले बिहिबार सार्वजनिक विदाको घोषणा गरेको छ ।

आन्तरिक तथा वाह्य पर्यटकको गन्तव्यका रुपमा विकास हुँदै गएको गंगाजमुना मेलाको अवसरमा गाउँपालिकाले सूचना जारी गर्दै बिहिबार सार्वजनिक विदा गरेको हो ।

सूचनामा भनिएको छ गंगाजमुना माई स्थान प्रसिद्ध झरनामा आदिम कालदेखि लाग्दै आएको हरिबोधनी एकादशी ब्रत मेलाको पावन अवसरमा सार्वजनिक विदा दिने कार्यपालिकाको निर्णय अनुसार कार्तिक २१ गते बिहिबार सार्वजनिक विदा दिईएको छ ।

गंगाजमुना मेला र यसको महत्व

उत्तरी धादिङको गङ्गा जमूना ५ फुलखर्कको ढाडखर्कमा अवस्थित गङ्गा जमुना माईको मेलामा हरेका वर्ष हजारौ भक्तजनकहरको हरुको भिड लाग्ने गर्दछ । हरेक वर्ष कार्तिक शुक्ल दशमीको दिन लाग्ने उक्त मेलामा भकतजनहरु रातभर जाग्रम बसी नाचगान गरी भोली पल्ट नुहाएर फर्कने गर्दछन् ।

मेला स्थल गंगाजमुना झरना २ हजार ८ सय मिटर उचाइृमा रहेको पहरोबाट खसेर १ हजार ८ सय मिटर उचाइमा रहेका तिर्थालु जम्मा हुने सभा क्षेत्रमा आइपुगेको छ । १ हजार ८ सय मिटर माथिबाट एकैपटक खस्दा पानीले झर्नाको रुप लिई पानीको थोपाहरु हावामा बयेली खेल्दै मोतीका दाना झैँ टल्कदै गरेको दृश्य पर्यटकहरुको लागि आकर्षक बन्ने गरेको स्थानिय बताउँछन । गंगाजमुना झरनालाई हिमालय पुराणमा दिदी बहिनी रुपमा वर्णन गरिएको पाईन्छ ।

गंगा जमुना झर्ना नजिकै अर्को धारा छ, जसलाई स्थानियहरु कुकुर धारा भन्ने गर्छन् । यस धारा गणेशको आँशुबाट बगेको यसमा कीट नाशक गुण समेत भएको विश्वास गरिन्छ । उक्त कुकुर धारामा नुहाए कुकुर वा जीव जन्तुले टोकेको विष हटेर जान जन विश्व रहि आएको छ । गंगा जमुनालाई हिमालय पुराणमा दिदी बहिनीको रुपमा वर्णन गरिएको पाईन्छ । यसै झर्ना मिसिएर भारतमा पुगी प्रसिद्ध गंगा नदी बनेको र यहाँको गंगा जमुनाले जस्तै त्याहा गंगा र यमुनाले प्रसिद्धि कमाएको बताईन्छ ।

यस अघिका समाचारहरु
गंगाजमुना मेलामा जे देखियो (फोटो फिचर)
धादिङको गंगाजमुना मेला पर्यटन मन्त्रीद्वारा उद्घाटन
गंगा जमुना पर्व मंसिर २ गते हुँदै (फोटो फिचर)