शिक्षक हाजिरी जवाफ प्रतियोगितामा शंखादेवि प्रथम

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक १९, २०७६

धादिङ कार्तिक १९ । धादिङको बेनिघाट रोराङ गाउँपालिकाले आयोजना गरेको आधारभुत विद्यालय कक्षा ६ देखि ८ मा अध्यापन गराउने शिक्षकहरुको हाजिरी जवाफ प्रतियोगितामा शंखादेवि माध्यामिक विद्यालय आधारभुत तह प्रथम भएको छ ।

माध्यामिक विद्यालयका शिक्षकहरुको हाजिरी जवाफ प्रतियोगिता सोमबार सम्पन्न गरेको गाउँपालिकाले आधारभुत तह (६-८) सम्म पढाउने शिक्षकहरुको शिक्षक हाजिरी जवाफ प्रतियोगिता आज आयोजना गरेको थियो ।

हरेक विद्यालयबाट ३ जना शिक्षकले भाग लिएको यस प्रतियोगितामा प्रत्येक समुहलाई जनरल राउन्डमा १२ वटा प्रश्न र र्यापिटफायर राउन्डमा प्रत्येक समुहलाई ५ वटा प्रश्न सोधिएको गाउँपालिकाका शिक्षा अधिकृत बोधराज पाठकले धादिङपोष्टलाई बताए ।

मझिमटार स्थित शंखादेवि माविमा आज सम्पन्न भएको आधारभुत तह (६-८) सम्मको प्रतियोगितामा द्वितिय कालिका मावि आधारभुत तह विदाङ, तृतिय पञ्चकन्या मावि आधारभुत तह स्यादुल र सन्तोना चन्द्रोदय मावि आधारभुत तह बेनिघाट भएको शिक्षा अधिकृत पाठक जानकारी दिए ।

आधारभुत तह (१-५) सम्मको शिक्षक हाजिरी जवाफ प्रतियोगिता बुधबार चन्द्रोदय मावि विशालटारमा हुने बताईएको छ । (धादिङपोष्टको लागि तस्वीर सौजन्यः डिल्लीराज शर्मा)

यस अघिका समाचारहरु
माध्यामिक शिक्षक तर्फ बागेश्वरी प्रथम
धादिङमा पहिलाे पटक शिक्षक हाजिरी जवाफ हुदै