शिक्षक हाजिरी जवाफ प्रतियाेगितामा बागेश्वरी प्रथम

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक १८, २०७६

धादिङ कार्तिक १८ । धादिङ जिल्ला मै पहिलाे पटक बेनिघाट राेराङ गाउँपालिकाले साेमबार आयाेजना गरेको शिक्षक हाजिरी जवाफ प्रतियाेगितामा बागेश्वरी माध्यमिक विद्यालय मलेखु प्रथम भएकाे छ ।

गाउँपालिका भित्र रहेका ११ वटा माध्यमिक विद्यालयले भाग लिएकाे उक्त हाजिरी जवाफ प्रतियाेगितामा कालिका मावि विदाङ दितिय, राष्ट्रिय मावि खाेर भन्ज्याङ तृतिय र हर्कपुर मावि हर्कपुर सान्ताेना भएका थिए ।

हरेक विद्यालयबाट ३ जना शिक्षकले भाग लिएकाे यस प्रतियाेगितामा प्रत्येक समुहलाई जनरल राउन्डमा १२ वटा प्रश्न र र्यापिटफायर राउन्डमा प्रत्येक समुहलाई ५ वटा प्रश्न साेधिएकाे गाउँपालिकाका शिक्षा अधिकृत बाेधराज पाठकले धादिङपाेष्टलाई बताए ।

यस्तै आधारभुत तह (६-८) स्तरीय शिक्षक हाजिरी जवाफ प्रतियाेगिता मंगलबार मझिमटार स्थित शंखादेवि माविमा हुने छ भने आधारभुत तह (१-५) सम्मकाे शिक्षक हाजिरी जवाफ प्रतियाेगिता बुधबार चन्द्रोदय मावि विशालटारमा हुने समेत शिक्षा अधिकृत पाठकले जानकारी दिए ।
फाेटाे: डिल्लीराज शर्मा