धादिङमा पहिलाे पटक शिक्षक हाजिरी जवाफ

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक १८, २०७६

धादिङ कार्तिक १८ । धादिङ जिल्ला मै पहिलाे पटक बेनिघाट राेराङ गाउँपालिकाले शिक्षक हाजिरी जवाफ प्रतियाेगिता आज देखि सुरु गर्ने भएकाे छ ।

गाउँपालिका भित्र रहेका माध्यमिक विद्यालय स्तरीय, आधारभुत तह (६-८) स्तरीय र आधारभुत तह (१-५) सम्मकाे तन तह बनाएर बेनिघाट राेराङ गाउँपालिकाले साेमबार देखि शिक्षक हाजिरी जवाफ प्रतियाेगिताकाे अायाेजना गर्ने भएकाे हाेे ।

गाउँपालिकाका शिक्षा अधिकृत बाेधराज पाठकका अनुसार माध्यमिक तह स्तरीय हाजिरी जवाफ साेमबार बागेश्वरी मावि मलेखुमा, आधारभुत तह (६-८) काे शंखादेवि मावि मझिमटार कार्तिक १९ गते, र आधारभुत तह (१-५) काे चन्द्रोदय मावि बिशालटारमा कार्तिक २० गते हुनेछ ।

बेनिघाट राेराङले शैक्षिक विकास र गुणस्तरीय शिक्षालाई जाेड दिई रहेकाे बताउँदै शिक्षा अधिकृत पाठकले याे हाजिरी जवाफ प्रतियाेगिताले शिक्षकमा नयाँ हाैसला थपिएको बताए ।

एकीकृत अखिल नेपाल शिक्षक सड़गठन धादिङका वरिष्ठ उपाध्यक्ष तिलक चेपाङ शिक्षक हाजिरी जवाफ प्रतियाेगिता बेनिघाट राेराङले सुरु गरेकाेमा खुसी व्यक्त गर्दै यस्ताे कार्यक्रम सबै गाउँपालिकाले गर्नु पर्ने बताए ।