धादिङ कार्तिक १० । नेपाली काँग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेलले अहिलेको सरकारबाट लोकतन्त्र धरापको खतरा बढेको बताएका छन् ।
नेपाल तरुण दल धादिङले गरेको ६६ औं स्थापना दिवसको अवसरमा गरेको चियापान तथा चाडपर्व विशेष शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य पौडेले अभिव्यक्ति स्वतन्त्रता माथि हमला हुनु, सरकारको विरोध गर्न नपाईनुले लोकतन्त्र धरापमा पर्न लागेको बताएका हुन् ।
संविधानमा के लेखियो, त्यो सहायक पक्ष हो, सरकारको कार्यशैली कस्तो छ त्यो मुख्य विषय रहेको भन्दै कम्युनिष्ट सरकारले अधिनायकवाद लाद्दै लोकन्त्रलाई धरापमा पर्न लागेकोले अरिङ्गाहरु सँग बलले हैन विचारले लड्न उनले तरुण युवाहरुलाई आव्हान समेत गरेका छन् ।
काँग्रेसको सरकार भएको भए कम्युनिष्टहरुले दिनहुँ बन्द हड्ताल सदन अवरुद्ध गर्थे, काँग्रेसले प्रतिपक्षमा रहेर पनि सरकारलाई खुल्ला दिलले सहयोग गरेको बताउँदै छ, यसलाई कम्युनिष्टहरुले काँग्रेस सकियो भन्ने हल्ला गर्दै अधिनायवाद लाद्न अग्रसर छन्, लोकतन्त्रको सिपाही तरुणहरु हुन्, अब तरुणहरु लोकतन्त्र बचाउन तयार रहनु पर्ने समेत नेता पौडेलले बताएका थिए ।
कार्यक्रममा जिल्ला सभापति रमेश धमलाले अब काँग्रेस आपसी मतभेदमा रुमलिन नहुने बताउँदै मलाई काँग्रेसले के दियो, भन्दा पनि मैले काँग्रेसलाई के दिन सँके भनेर आत्मसमिक्षा गरिन जुरुरी भएको बताएका थिए ।
तरुण दल धादिङका अध्यक्ष गोपाल विश्वकर्माको सभापतित्वमा भएको उक्त कार्यक्रममा पूर्व सभापति रामनाथ अधिकारी, महादिवेशन प्रतिनीधि तिलक रुवाली, जिल्ला उपसभाति भक्त लामा, जिल्ला सभापति हरिराम बुर्लाकोटीले दशै तिहारका लगायत पर्वको अवसरमा शुभकामना दिएका थिए ।
शुभकामना मन्तव्य राख्दै तरुण दल नीलकण्ठ नगरपालिकाका सभापति गोपीकृष्ण भण्डारीले तरुण दल पार्टीको आदेश कुरेर बसेको छ । हामी पार्टीको बैचारिक सिपाई हौं, हामीलाई वैचारिक योजना सहित जनतामा जान खुल्ला गरिनु पर्ने बताएका थिए ।