धादिङमा साहित्यिक फ्लेक्स पत्रिका प्रकाशन सुरु

Avatar photo
Dhadingpost
आइतवार, कार्तिक १०, २०७६

धादिङ कार्तिक १० । धादिङ जिल्लामै पहिलोपटक बेनिघाट रोराङ गाउँपालीकामा मासिक प्रकाशन हुनेगरि साहित्यिक फ्लेक्स पत्रिककाे प्रकाशन सुरु भएको छ ।

बेनिघाट रोराङ्ग गाउँपालीकाको बेनिघाट बजारका स्थानिय युवाहरुको सकृयतामा “मालश्री” नामक साहित्यिक पत्रिकाकाे प्रकाशन सुरु भएको हो ।

सुस्ताउदै गएको साहित्यिक गतिविधिलाई पुन: जागृत गर्न छोरीको नामबाट पत्रीका प्रकाशन सुरु गरिएको संस्थापक महान् त्यागीले बतााए ।

एक समयका चर्चित साहित्यकार प्रयास सौरभ श्रेष्ठले यस्तो किसिमको साहित्यिक कृयाकलापले समाजलाइ सभ्य र सुसंस्कृत बनाउन सहयोग पुर्याउने बताएका छन् । कार्यक्रममा स्थानिय साहित्यप्रेमीहरु दिपेश कडेल, सुरज पाँडे, निराजन श्रेष्ठ लगायत अन्य युवाहरुको उपस्थिती थियो ।