धादिङबेसीका मेडिकलमा डेट गएको औषधी भटियो

Avatar photo
Dhadingpost
बिहिबार, कार्तिक ७, २०७६

धादिङ कार्तिक ७ । धादिङबेसी स्थित सदरमुकामका औषधी पसलहरुमा गरिएको छड्के अनुगमनको क्रममा डेट गएका औषधी भेटिएका छन् ।

जिल्ला प्रशासन कार्यालय धादिङकोे संयोजनमा बुधबार गरिएको छड्के अनगुमनमा कतिपय औषधी पसलहरुमा मिति सकिएका औषधीहरु समेत भेटियो भने अधिकाँश औषधी पसलहरुले बिक्री वितरण गर्दा बिलको प्रयोग नगरेको, औषधी भण्डारण मापदण्ड बमोजिक नगरिएको पाईएको हो ।

यस्तै बुधबारको अनुगमनको क्रममा औषधी पसलमा व्यवसाय दर्ता प्रमाणपत्रहरु ग्राहकले देखिने गरी नराखिएको, क्लिनिकहरुमा वडापत्र नरहेको, व्यवसायसँग सम्बन्धित कागजातहरु अद्यावधिक र व्यवस्थित नगरिए पाईएको अनुगमनका सहभागि एक सदस्यले बताए ।
कमजोरी प्रशस्तै भेटियो सुधार गर्न सात दिनको म्याद दिएको ति सदस्यले धादिङपोष्टलाई बताए । (फाईल फोटो)