सुनौलाबजार टुडिखेलमा खुल्ला फुटबल प्रतियोगिता हुने

Avatar photo
Dhadingpost
आइतवार, कार्तिक ३, २०७६

धादिङ कार्तिक ३ । धादिङको पुरानो सदरमुकाम स्थित सुनौलाबजार टुडिखेल मैदानमा यहि कार्तिक ८ गते देखि खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ ।

कम्युनिटी प्रोगेस नेपालको आयोजनामा इन्द्रमोहन विष्णु स्मृति प्रथम कप नाम दिईएको उक्त प्रतियोगिता सुनौलाबजार टुडिखेल मैदानमा हुन लागेको हो ।

३५ हजार प्रथम र १५ हजार द्वितिय पुरस्कार राशी रहेको उक्त प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलकिपर, धेरै गोलक कर्ता लाई १-१ हजार नगद सहित पुरस्कृत गरिने आयोजक संस्थाका सचिव विराज सिदालीले बताए ।

प्रतियोगितामा भाग लिन इच्छुक क्लव वा संस्थाहरुलाई कार्तिक ७ गते सम्मलाई समय दिईएको समेत सचिव सिदालीले धादिङपोष्टलाई बताए ।

प्राकृतिक सुन्दरताले रमणिय सुनाैलाबजार पुरानो धादिङ सदरमुकाममा रहेको यसै टुडिखेल मैदानलाई क्रीकेट मैदान निर्माणकाेे तयारीका लागि केहि दिन पहिला मात्र प्रदेश संसद डा.रामकुमार अधिकारी डिपिआरको प्रकृया अगाडि बढाउन प्राविधिकलाई निर्देशन दिएका थिए ।