बद्री विशालको बेल्जियम भवन हस्तान्तरण

Avatar photo
Dhadingpost
सोमवार, भदौ ३०, २०७६

धादिङ भाद्र ३० । धादिङको गंगाजमुना गाउँपालिका स्थित बुढाथुमका रहेको बद्री विशाल माविको नयाँ ८ कोठे भवनलाई स्थानीय तथा विद्यार्थीहरुले बेल्जियम भवन नाम राखेका छन् ।

बुढाथुम घर भई बेल्जियम बस्दै आएका गैर आवासीय नेपाली सङ्घ बेल्जियमका निवर्तमान अध्यक्ष लोक दाहालको पहलमा बनेको उक्त भवन बेल्जियमको सहयोगमा निमार्ण भएकोले सबैले बेल्जियम भवन नै भन्ने गरेको स्थानिय बताउँछन् ।

समाज सेवीका रुपमा परिचय बनाएका लोक दाहाल, सहयोगी संस्था जनता टु जनता का बेल्जियम टिम यहि बेल्जियम भवन विद्यालयलाई हस्तान्तरण गर्न आईतबार बुढाथुम पुगेको थियो ।

भवन निमार्णका लागि ७१ लाख सहयोग उपलब्ध गराएको लोक दाहाल सहितको टिमलाई बद्री विशाल माविका अभिभावक, शिक्षक विद्यार्थीहरुले भव्य स्वागत गरेका थिए ।

विद्यालयलाई भवन हस्तान्तरण गर्ने उक्त कार्यक्रमको प्रमुख अतिथि प्रदेश सदस्य जगत सिंखडाले लोक दाहाल लगायतको बेल्जियम टिमलाई धन्यावाद दिँदै नेपालको विकास र समृद्धिका लागि अझै थप सहयोगको अपेक्षा गरेको बताएका थिए ।

कार्यक्रममा शिक्षक विद्यार्थीहरुले लोक दाहाल टिमलाई विद्यालय भवन बन्यो, विद्यालयमा पानीको समस्या पनि टर्यो अब खेल मैदानको लागि सहयोग गर्न आग्रह गरेका थिए ।

बुढाथुम र बसेरीमा मात्र १ करोड ५० हजार भन्दा बढी सहयोग

१. श्री बद्री विशाल उच्च माविको भवन ७१ लाख पक्की भवन निमार्ण
२. महालक्ष्मी उच्च मावि र शिवालय माविको भवन निमार्ण ३५ लाख ५० हजार
३. बुढाथुम पानी ट्याङ्की मर्मत तथा धारा विस्तारको ५ लाख ७० हजार
४. खानेपानी ट्याङ्की र पाईप लाईन विस्तार गलने ६ लाख
५. रुनचेतमा खाद्यान्न २५० घरधुरीलाई ३ लाख ८५ हजार
६. सोतीमा खाद्यान्न वितरण ३ लाख ७० हजार
७. कन्या स्कुलको टिएलसी निमार्ण २ वर्ष सम्म १ शिक्षकलाई तलव गरि २ लाख
८. लापुडाँडा खानेपानी पाइप ५० हजार
९. सिता दाहालद्वारा बसेरीमा मन्दिर निर्माण,मरनघाट निर्माण ७ लाख २० हजार
१०. सिता दाहालद्वारा गलनेका २ वटा मन्दिर निर्माण र खानेपानी धारा निर्माण ११ लाख
११. गलने पुरै गाउँको लागि जस्ता पाता र खाद्यान्न १५ लाख