बेनिघाट रोराङको वजेट सार्वजनिक (पुर्ण पाठ सहित)

Avatar photo
Dhadingpost
बुधबार, असार ११, २०७६

गाउँपालिका उप प्रमुखद्वारा प्रस्तुत २०७६/०७७ को बजेट

श्रीमान गाउँ सभाका अध्यक्ष ज्यू,
गाउँसभाका सदस्य ज्यूहरु,

वेनीघाट रोराङ गाउँपालिकाको यस ऐतिहासिक पाँचौे गाउँ सभा समक्ष वार्षिक वजेट प्रस्तुत गर्न पाउदा आफुलाई निकै गौरवान्वित महशुस गरेको छु । सर्वप्रथमतः मुलुकको स्वतन्त्रता र स्वायत्तताको लागि भएको विभिन्न समयको जनआन्दोलनमा सहादत प्राप्त गर्ने वीर सहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

नेपाली जनताको आफ्नो संविधान आफैले वनाउने दशकौ देखीको सपना पुरा गदै दोश्रो संविधान सभाले जारी गरेको नेपालको संविधान २०७२ ले परिकल्पना गरेको जनताको नजिकको सरकार वेनीघाट रोराङ गाउपालिकाको नेतृत्व गर्ने अवसर हामीलाई प्राप्त भएको एक वर्ष पुरा भै सकेको छ यस अवसरमा सबै गाउबासीहरुमा हार्दिक धन्यवाद दिन चाहन्छु ।

उत्तरमा पवित्र गंगा त्रिशुली देखी दक्षिणमा महाभारत श्रृखला सम्म वसोवास गर्ने विभिन्न, जात जाती, भाषा भाषी तथा धर्म सस्कृतिको फुलवारी यो वेनीघाट रोराङ गाउँपालिका भित्र देखिएको राजनैतिक, सामाजिक र आर्थिक पछौटेपनको अन्त गर्दै पूर्ण लोकतान्त्रिक पद्धतिका साथ स्थानीय सरकारको माध्यमबाट गाउको विकास गर्ने ऐतिहासिक जिम्मेवारीलाई पूरा गर्ने दायित्व हामी जनप्रतिनिधिहरुको काँधमा आएको छ ।

उपलब्ध विविध साधन श्रोतको न्यायोचित उपयोग गरी कर्मचारी प्रशासन र सम्पूर्ण गाउबासीहरुको न्यानो साथ एवं विभिन्न दातृ संघ संस्था तथा निकायसँगको सहकार्यको साथमा मतदाताहरुले सुम्पिएको यो ऐतिहासिक जिम्मेवारीलाई क्रमश पूरा गर्ने हाम्रो प्रतिबद्धता हो ।

गाउसभाका सभाध्यक्ष ज्यू ,
अब म वेनीघाट रोराङ गाउपालिकाकोे आर्थिक बर्ष २०७६/०७७ को लागि वार्षिक वजेट पेश गर्ने अनुमति चाहन्छु ।
यस गाउँपालिकाको आर्थिक वर्ष २०७४/०७५ मा विभिन्न क्षेत्रवाट कूल रु.३६४७४२०००।– छत्तिस करोड सतचालिस लाख वयालिस हजार रुपैया आम्दानी भएकोमा चालु तर्फ रु.१५५८४२०००।–पन्ध्र करोड अन्ठाउन्न लाख वयालिस हजार तथा पुजिगत तर्फ रु.२०८९०००००।–यथार्थ खर्च भएको थियो भने चालु आवको लागि चालु खर्च रु.२४५८४१०००।– चौविस करोड अन्ठाउन्न लाख एकचालिस हजार र पुजिगत खर्च रु.२७३८०००००।– सत्ताइस करोड अठतिस लाख गरी कुल रु.५१९६४१०००।– एकाउन्न करोड छयान्नव्वे लाख एकचालिस हजारको संशोधन प्रस्ताव गरेको छु ।

सभाध्यक्ष महोदय
अव म आगामी आर्थिक वर्ष २०७६/०७७ को प्रस्तावित आय व्याय प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

आगामी आर्थिक वर्ष २०७६र०७७ को लागि कूल रु.५६,७८,५७,०००।– छपन्न करोड अठहत्तर लाख सन्ताउन्न हजार रुपैयाको वजेट प्रस्ताव गरेको छु । जस मध्ये रु.७,१८,०००००।– सात करोड अठ्ठार लाख रुपैया चालु खर्च, रु.१८३०१६०००।– अठ्ठार करोड तिस लाख सोह्र हजार शशर्त अनुदान र रु.३१,३०,४१,०००।– एकतिस करोड तीस लाख एकचालिस हजार मात्र प्रस्ताव गरेको छु ।

खर्च व्यहोर्ने श्रोतहरुमा नेपाल सरकारवाट प्राप्त हुने वित्तीय सामानीकरण अनुदान रु.१५८५०००००।– पन्ध्र करोड पचासी लाख, शशर्त अनुदान रु.१८११०००००।– अठ्ठार करोड एघार लाख प्रदेश सरकारवाट वित्तीय सामानीकरण अनुदान रु.१०१७७०००।– एक्र करोड एक लाख सतहत्तर हजार, शशर्त अनुदान रु.१९१६०००।– उन्नाइस लाख सोह्र हजार गरी अनुदान तर्फ जम्मा रु.३५१६९३०००।– पैतिस करोड सोह्र लाख त्रियान्नव्वे हजार, राजश्व वाडफाडवाट रु.११५७६३०००।– एघार करोड सन्ताउन्न लाख त्रिसठ्ठी हजार तथा कर, शुल्क दस्तुर वाट रु.१०४०१०००।– दश करोड चार लाख एक हजार प्रस्ताव गरेको छु ।

वेनीघाट रोराङ गाउँपालिकालाई देशकै नमुना गाउँपालिकाको रुपमा स्थापित गर्ने परिकल्पनालाई साकार पार्न आवश्यक पूर्वाधार निर्माण र सेवा क्षेत्रमा सुधारलाई मुख्य प्राथमिकतामा राखि श्रीमान अध्यक्ष ज्यू मार्फत सभा समक्ष प्रस्तुत नीति तथा कार्यक्रमले निर्दिष्ट गरेका क्षेत्रहरुमा आवश्यक वजेटको व्यवस्था गरेको छु ।

हामी सवैको पौरख, वेनीघाट रोराङको गौरव भन्ने सोचलाई साकार पार्न गाउँपालिकामा कार्यरत कर्मचारीहरुको मनोभावना उच्च राख्र्दै प्रशासन संयन्त्रलाई चुस्त र प्रविधि मैत्री वनाई सेवा प्रवाहको लागि आवश्यक वजेटको व्यवस्था गरेको छु आगामी आर्थिक वर्षमा नेपाल सरकारले कर्मचारीको पारिश्रमिकमा वृद्धि गरेकोमा सो अनुसार यस गाउपालिकामा कार्यरत कर्मचारीको पारिश्रमिकमा वृद्धि तथा कार्य जिम्मेवरीको आधारमा प्रोत्साहन वढाउन प्रोत्साहन भत्ताको व्यवस्था समेतको लागि आवश्यक वजेटको व्यवस्था गरेको छु । साथै सम्पूर्ण गाउँवासीकामा आ– आफ्नो कर्तव्य र जिम्मेवारी वोध गराइ अनुशासित, लगनशिल, परिश्रमि वनाउन सहयोग पुर्याउने लक्ष्यका साथ विभिन्न कार्यक्रममा आवश्यक वजेटको व्यवस्था गरेको छु ।

शिक्षामा सवैको अधिकार स्थापित गर्न गाउँपालिका भित्र रहेका शैक्षिक सस्थाहरुको भौतिक तथा शैक्षिक विकासका लागि विभिन्न कार्यक्रममा आवश्यक वजेट विनियोजन गरेको छु, गाउपालिका त्रित्रका वालविकास कोटा नभएका सामुदायिक विद्यालयमा वालकोटा थपको लागि आवश्यक वजेट व्यवस्था गरेको छु ।

स्वस्थ नागरिक सम्वृद्ध गाउँपालिकाको आधार भन्ने मान्यता लाई साकार पार्न स्वास्थ तथा सरसफाई क्षेत्रको विकासमा विभिन्न निकायलाई परिचालित गरि स्वास्थ्य सस्था र स्वास्थ्य कर्मीहरुको क्षमता विकासको लागि आवश्यक वजेटको व्यवस्था गरेको छु साथै साझेदार सस्थाहरुको साझेदारीमा सामुदायिक सरसफाई तथा पोषण प्रवद्धनका कार्यक्रम सञ्चालनको लागी वजेट विनियोजन गरेको छु ।

वाच्नका लागि स्वच्छ खानेपानीको मर्मलाई उच्च प्राथमिकता दिई गाउँपालिकाको विभिन्न खानेपानी योजना सञ्चालनको लागि आवश्यक विनियोजन गरेको छु साथै खानेपानीको क्षेत्रमा कार्यरत संघ सस्थाहरु संग साझेदारीका लागि विशेष प्राथमिकता दिएको छु ।

महिला, बालबालिका, जेष्ठ नागरिक, फरक क्षमता भएका गाउवासी, आदिवासी, जनजाति, दलित तथा सीमान्तकृत समुदायको अधिकार, सेवा सुविधा, क्षमता विकास र समान अवसरका लागि विशेष प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गरिनेछ,

गाउक्षेत्र भित्रका सवै जातजाति, धर्म सम्प्रदाय, भाषा र मौलिक संस्कृतिको जगेर्ना गर्ने कार्यक्रमलाई प्राथमिकता दिइएकोे छु, विभिन्न मठ मन्दिर, चर्च, गुम्वा, आदिको निर्माण तथा संरक्षणका लागि आवस्यक वजेट व्यवस्था गरेको छु ।

हामिले अवलम्वन गर्दैआइरहेको निर्वाहमुखी कृषिलाई ब्यवसायिक कृषिमा रुपान्तरित गरी विषादी रहित प्रङ्गारिक खेती तथा व्यवसायिक पशुपालनलाई प्रोत्साहन दिन सिञ्चाई, प्रङ्गारीक खेती तथा कृषि सहकारीको प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमको लागि वजेट व्यवस्था गरेको छु ।

व्यवस्थित सडक सञ्जाललाई विकासको मुख्य आधारशिला मान्दै गाउँपालिका भित्र रहेका सडकहरुको स्तरउन्नती तथा अन्य आवश्यक स्थानमा नया सडक निर्माणको लागि आवश्यक वजेट विनियोजन गरेको छु । सडक निर्माण गर्दा अनिवार्य रुपमा नाला संगै निर्माण गर्नुपर्ने तथा सडक निर्माण मापदण्डलाई पूर्ण पालन गर्नुपर्ने व्यवस्थाा मिलाएको छु ।

विद्युत सेवा नपुगेका गाउवस्तिमा विद्युत सेवा विस्तारको लागि आवश्यक व्यवस्था मिलाइनेछ, भने राजमार्ग तथा विभिन्न कार्यलयहरुमा सौर्य उर्जा जडानका लागि आवश्यक पहल गरिने छ ।

क्रमिक रुपमा गाउपालिका तथा वडा कार्यलयको भवन निर्माण गरी सहज ढंगवाट सेवाप्रवाह गर्ने उद्धेश्यका साथ आगामी आर्थिक वर्षमा वडा नं. १, ३, को वडा कार्यालय भवन निर्माण तथा कार्यपालिका भवनको लागि जग्गा व्यवस्था गर्न आवश्यक वजेटको व्यवस्था मिलाएको छु ।

स्वच्छ त्रिशुली हाम्रो अभियान मार्फत पृथ्वी लोकमार्ग र त्रिशुली जलमार्गको विकास गर्दै पर्यटन प्रवद्र्धन तथा गाउँपालिकाको सौन्दर्य अभिवृद्धिका लागि विभिन्न सस्थाहरुको सहकार्यमा कार्यक्रम सञ्चालनको व्यवस्था मिलाइएको छ ।

गाउँपालिकामा हुने विभिन्न विपद व्यवस्थापनको लागिे विपद व्यवस्थापन कोषको स्थापनाको साथै विपदका कारण घर गुमाएका घरपरिवारलाई तत्काल राहत तथा गम्भिर रोग लागि उपचाररत व्यक्तिलाई उपचारमा सहयोगको लागि दिदै आएको सहायतालाई यथावत गरिएको छ ।
गाउको आन्तरिक आय अभिबृद्धि गर्न करको दायरालाई बढाउँदै सहभागितामूलक करनीति अवलम्बन गरि आन्तरीक आयको वृद्धि गर्ने गरी विभिन्न कर, शुल्क दस्तुर हरुको प्रस्ताव गरेको छु, ।

सभाध्यक्ष ज्यू
यस वेनीघाट रोराङ गाउँपालिकाको आ।व। २०७६/०७७ को प्रस्तावित आय व्याय, आय व्यायको वर्गिकरण तथा कर दस्तुर, शुल्कको प्रस्तावलाई अनुसूचीहरुमा संलग्न गरेको छु ।
यो वजेट तयारीमा महत्वपूर्ण राय सल्लाह तथा सहयोग प्रदान गर्नु हुने वेनीघाट रोराङ गाउँपालिकाका श्रीमान अध्यक्ष ज्यू, वजेट तथा कार्यक्रम तर्जुमा समितिका सदस्य ज्यूहरु, राजश्व परामर्श समितिका सदस्य ज्यूहरु, विषयगत समितिका संयोजक तथा सदस्य ज्यूहरु, वडा अध्यक्ष ज्यूहरु, कार्यपालिकाका सदस्य ज्युहरु, वडा सदस्य ज्यूहरु, प्रमुख प्रसासकीय अधिकृत ज्यू, गाउपालिकाका शाखा प्रमुखहरु सहित सम्पूर्ण कर्मचारीहरु, वडा सचिव लगायत वडा कार्यालयका कर्मचारीहरु, अन्य सरकारी कार्यालयका कर्मचारीहरु, शिक्षक, विभिन्न संघ सस्था, उद्योगी, व्यवसायी, तथा समस्त वेनीघाट रोराङ गाउवासीहरुमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु । अन्तमा यो वजेट कार्यान्वयनमा सम्पूर्ण जनप्रतिनिधिहरु, कर्मचारीहरु, विभिन्न संघ सस्था, उद्योगी, व्यवसायी लगायत समस्त गाउवासीको साथ र सहयोग हुने अपेक्षा लिएको छु ।
धन्यवाद ।