बिदेशमा कमाउन सिक, स्वदेशमा रमाउन सिक

Avatar photo
Dhadingpost
सोमवार, असार २, २०७६

प्रजुन कुमार अधिकारी

बिदेश भनेको त कमाउनको लागी हो, रमाउन त स्वदेश मातृभूमी घर छदैछ नी । तपाईको परिवार तपाईलाई पर्खी रहेका छन्, तपाईको साना बाबु नानी बाबा बाबा भनेर चिच्याई रहेका छन् ।

हामी तमाम् नेपालीहरू बिभिन्न सपना कल्पना जुन उदेश्य लिएर बिदेश पलाएन भएका छौं । हामी लामो समय सम्म बिदेशमा बसेर स्वदेश फर्कन कुनै पनि गार्हो मान्नु हुँदैन खुसी भएर लामो समय बिदेशमा बसेर सिकेको ज्ञान सिप अनुभवलाई स्वदेशमा लागु गर्न आफ्नो कमाईको केही अंश लगानी आधुनिक ढंगबाट कुनैपनी व्यवसाय गरेर दश बाह्र जनालाई मात्र रोजगार दिन सक्यौ भने हामीले देश सम्बृद्ध बनाउन सकिन्छ ।

सबैले एक एक वटा कोषेढुङ्गा थप्न सकेको खण्डमा देश सम्बृद्धको बन्नको लागी एउटा खुड्किलो तपाईले थप्नु भयो । देश सम्बृद्ध बन्नको लागी पहिले तपाई हामी सम्बृद्ध बन्न जरुरी छ । व्यक्ति विकास सम्बृद्ध नेपालको पहिलो स्टेप हो जनता धनी भए भने देश धनी सम्बृद्ध आफै बन्द छ ।

यसमा दुई मत छैन, त्यसैले दश आठ वर्ष बाहिर विदेशमा बसी सक्नु भएको साथीहरु सानोमन नगरी अब महिले देश मातृभूमिको लागी केही गर्न पर्दछ । भनी स्वदेश फर्कनु भयो भने तपाईं सच्चा देशभक्त ईमान्दार नेपाली नगरिक हुनु हुन्छ

तपाईंमा बाहिर बिदेशमा देखेर भोगेर गरेर अनुभव प्राप्त हुनुहुन्छ । जसले गर्दा गाऊमा रहेका युवा युवती बुबा आमा लाई पनी थप ऊर्जा शक्ती पैदा हुनगई । काम गर्न जागर हौसला पैदा गर्न ठुलो मद्दत मिल्दछ । सबै तपाईं हामी एक दिन स्वदेश फर्कन पर्दछ भने । केही गर्न सक्ने हुँदैमा फर्केर देशको लागी केही गरौं । पानी जवानी बिदेशलाई जन्मन र मर्नु मात्र नेपाललाई नहोस् ।

स्वदेशमा जन्म मात्र लियो सकुन्जेल बाहिर रमाउने र केही गर्न नसक्ने भएपछी पार्थिव शरिरलाई बिसाउन मात्र नेपाल जाने फर्केन होईन जती पनी हामी बिदेश भनौ वा प्रदेश भनौ बसेर कमायौ अब सबैले दश बर्ष देशको लागी दिन नितान्त आबस्यक छ । घर बिगारेर बन जती सपारेपनी काम छैन त्यसैले बिदेशमा कमाउ स्वदेश मा रमाउ । सम्बृद्ध नेपाल हामी आफै निर्माण गरौ । बिदेशमा काम गर्ने भनेको देशको दक्षजनशक्ती हो यो कसैले नभुलौ ।

जय देश जय मातृभूमि नेपाल