सिद्धलेकका किसानलाई ब्राखा वितरण

Avatar photo
Dhadingpost
आइतवार, असार १, २०७६

धादिङ असार १ । धादिङको सिद्धलेक ७ अमिलिछापका किसानलाई १ सय ८४ वटा बाख्रा र १६ वटा उन्नतजातको बोका दिईएको छ ।

सिद्धलेकमा संचालित साना किसान सबलिकरण कार्यक्रम अन्तरगत शनिबार ४ वटा समुहमा उन्नत जातको बोका सहित १ सय ८४ बाख्रा वितरण गरीएको हो ।

प्रयत्नशील सामुदायिक विकास समाज ९प्रयास० नेपाल धादिङ र हेफर ईन्टरनेशनल नेपाल, सिद्धलेक गाउँपालिको साझेदारीमा साना किसान सबलिकरण कार्यक्रम संचालन गरिएको छ ।

सिद्धलेक कुन्नेश्वरी, अमिलिछाप, मङकाली जनचेतना स्वाबलम्बी महिला समुहका सदस्यहरुलाई २र२ओटा बाख्रा वितरण गरेको हो । यसै गरि ४ मुल र १२ वटा उपहार समुहमा १/१ उन्नत जातको बोका उपहार प्रदान गरिएको कार्यक्रममा सिद्धलेक गाउँपालिकाका वडा नं ६ र ७ वडाध्यक्षद्धय टीकाप्रसाद थपलिया र लक्ष्मण प्रसाद खतिवडा, प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल, लगायतको विषेश आतिथ्य रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले महिला ससक्तिकरण गर्दै आम्दानी बढाउनको लागी सामाजिक पुँजि वृद्धि र बाख्रापालन कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको भन्दै खुशी व्यक्त गरेका थिए ।

आर्थिक स्तर बृद्धि गर्नको लागी कृषि तथा पशुपालन महत्वपुर्ण रहेको भन्दै अर्यालले उपहार पाएको बाख्रालाई बाख्रापालनका १५ तरिकालाई बिशेष ध्यान दिएर पाल्न आम्दानी र खर्चको समेत हिसाबलाई ख्याल गर्न आग्रह आग्रह समेत गरेका थिए ।

सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम अन्तरगत १२ वटा मुल समूह र ४७ वटा उपहार समूह गठन, सीप तथा क्षमता विकास र व्यवसायिक बाख्रापालन, नश्ल सुधार, सुधारिएको खोर निर्माण र घाँस खेती बिस्तार जस्ता कार्य हुँदै आएको प्रयास नेपालका कार्यक्रम संयोजक ईश्वरी कोईरालाले जानकारी दिईन् ।