अमृत तामाङ
धादिङबेसी जेष्ठ ८ । धादिङबेसी स्थित न्यू किबो बोर्डिङमा हुने नीलकण्ठ नगरपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट प्रतियोगिताको सम्पूर्ण तयारी सकिएको बताईएको छ ।
न्यू किबो बोर्डिङका खेल संयोजक विकास कोइरालाका अनुसार सवै विधाका खेलहरु संचालन गर्न सम्पूर्ण तयारी सकिएको हो ।
नीलकण्ठ नगरपालिका भरि रहेका ३२ वटा माध्यामिक विद्यालयहरुलाई पत्राचार गरिएकोमा १६ वटा विद्यालयले खेलमा सहभागिता जनाउन टिम दर्ता गराई सकेका छन् भने टिम दर्ता भोलि बिहान ९ बजे सम्म गर्न सकिने खेल संयोजक कोइरालाले बताए ।
जिल्ला खेलकुद विकास समिति र नीलकण्ठ नगरपालिकाको सहयोगमा न्यू किबो बोर्डिङमा जेठ ९ देखि ११ गते सम्म हुने उक्त प्रतियोगिता बिहिबार नगरप्रमुख भिमप्रसाद ढुङ्गानाले एक औचारिक कार्यक्रमका बीच बिहान ११ः०० बजे उद्घाटन गर्ने विद्यालयका प्रिन्सिपल प्रयास रेग्मीले बताए ।
सबै गाउँपालिकाबाट छनौट, भएका खेलाडीहरु बीच जेष्ठ १७ देखि १९ सम्म आठौं प्रतियोगिता थाँक्रे गाउँपालिका स्थित सेती देवि माविमा हुने जिल्ला खेलकुद विकास समिति धादिङका कार्यालय प्रमुख कृष्णलाल श्रेष्ठले बताए ।
संचालन हुने खेलहरु
एथ्लेटिक्स
ट्रयाक तर्फ
छात्र: १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ५००० मिटर, ४×१०० मिटर र ४×४०० मिटर रिले ।
छात्रा: १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर, १५०० मिटर, ५००० मिटर, ४×१०० मिटर र ४×४०० मिटर रिले ।
फिल्ड तर्फ
छात्रा: हाइजम्प, लङ्गजम्प, त्रिपलजम्प, ज्याभालिङ्ग थ्रो ६०० ग्राम र सटपुट ८ पाउण्ड ।
छात्र: हाइजम्प, लङ्गजम्प, त्रिपलजम्प, ज्याभालिङ्ग थ्रो ८०० ग्राम र सटपुट १२ पाउण्ड ।
भलिबल: छात्र र छात्रा
कबड्डी: छात्र र छात्रा