धादिङ जेष्ठ ८ । धादिङको वेनीघाट रोराङ गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हर्ष बहादुर थापाको असामहिक निधन भएको छ ।
मुख प्रशासकिय अधिकृत थापाको निधन बारे जानकारी दिँदै वेनीघाट रोराङका सूचना अधिकारी परशुराम घिमिरेले भने,- मंगलबार दिनभर गाउँपालिकाको काम व्यस्त रहेका थापा साँझ खाना खाएर शकुसल सुत्नुभएको थियो । बिहान उठेपछि स्वास्थ्यमा केहि असहज भएको महसुस गरेको छु भनेर मलेखु सामुदायी अस्पताल जानु भएछ, मलेखु सामुदायीक अस्पतालले काठमाडौ जान भनेपछि एम्बुलेन्सबाट काठमाडौ जाँदै गर्दा गल्छी पुगेपछि वेहोस हुनुभयो ।
सूचना अधिकारी घिमिरेका अनुसार काठमाडौंको थापाथली स्थित नर्भिक अस्पताल पुर्याउँनु पुर्व नै मृत्यू भएको अस्पतालले बताएको थियो । भक्तपुर घर भएका हर्षबहादुर थापा विगत दुई वर्ष देखि बेनिघाट रोराङमा कार्यरत थिए ।