खाल्टेमा मेयर उद्यमशिल तालिम सकियो

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ ५, २०७६

धादिङ जेष्ठ ५ । धादिङको नीलकण्ठ नगरपालिका वडा नं ५ खाल्टे फ्याक्सेमा मेयर उद्यमशिल तालिम सम्पन्न भएको छ ।

नगर प्रमुख भीम प्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यामा खाल्टे फ्याक्सेमा भएको मेयर उद्यमसशल विकास कार्यक्रम अन्तर्गत ब्यवसाय सचेतना तालिम शनिबार सम्पन्न भएको हो ।

तालिम समापन गर्दै नगर प्रमुख भिम प्रसाद ढुङ्गानाले स्वरोजगारका लागि उद्यमशिल विकास कार्यक्रम लागु गरिएको बताउँदै सिप र दक्षता अनुसारको उद्यमी बन्न आग्रह गरेका थिए ।

सफल जिन्दगी जीउनका लागी कुनै पनि व्यक्ति उद्यमशिल बन्नु पर्ने त्यसका लागि पैसा छैन ? चिन्ता नगर्न आग्रह गर्दै नगर प्रमुख ढुङ्गानाले बैंक सँग हामी सम्झौता गर्छौ, ऋण लिएर तपाई उद्यमी बन्नोस् तालिममा सहभागिहरुलाई बताए ।

पैसा कमाउन र सफल जिन्दगी बनाउनका लागी जागिर नै खानुपर्छ भन्ने मान्यता गलत रहेको भन्दै उद्यमशिलताले नै मानिसलाई सफल बनाउने भनाई समेत ढुङ्गानाले राखेका थिए खाल्टेबाट सुवास खतिवाडाले धादिङपोष्टलाई बताए ।

खतिवाडाका अनुसार तालिममा उद्योग कसरी सञ्चालन गर्ने, आम्दानीका स्रोतहरु के के हुन् लगायतका विषयमा मेयर उद्यमशिल तालिम प्रकाश श्रेष्ठ, सुमित्रा गुरुङ र सिता खतिवडाले तालिममा सहजिकरण गरेका थिए ।

वडा अध्यक्ष रामबहादुर श्रेष्ठको अध्यक्षतामा बैशाख २९ देखि जेष्ठ ४ गते सम्म दिईएको उक्त तालिममा १९ जनाले सहभागिता जनाएका थिए ।