धादिङ जेष्ठ २ । धादिङ जिल्लाको त्रिपुरासुन्दरीमा गाउँपालिमा रहेका ४ वटा स्वस्थ्य चौकीहरुमा निःशुल्क महिलाहरुको पाठेघर मुखको क्यान्सर परीक्षण गरिएको छ ।
गाउँपालिकाले आइतबारबाट सुरु गरेको निःशुल्क महिलाहरुको पाठेघरको मुखको क्यान्सर परीक्षणका क्रममा २ सय ४६ जना महिलाहरुले परिक्षण गराएका थिए ।
त्रिपुरासुन्दरी गाउँपालिका स्वास्थ्य संयोजक यम बहादुर श्रेष्ठका अनुसार ४ वटा स्वस्थ्य चौकीहरुमा घुम्ती शिविरको आयोजना गरिको थियो २ सय ४६ जना मध्य १४ जनामा पाठेघरको मुखको क्यान्सर भेटिएको छ ।
गाउँपालिकाका नागरिकलाई पूर्ण स्वास्थ्यको प्रत्याभूति गराउने उद्देश्यका साथ विभिन्न खाले स्वास्थ्य शिविर आयोजना गर्दै आएको छौ, यो शिविरमा पनि स्थानिय महिलाहरुको उल्यख्य सहभागिता रहको स्वास्थ्य संयोजक श्रेष्ठले बताए ।