धादिङ बैशाख २६ । पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बैशाख २७ गते शुक्रबार धादिङबेसी आउने भएका छन् ।
धादिङको नमुना विद्यालय नीलकण्ठ माध्यमिक विद्यालयको नवनिर्मित भवन समुद्घाटन तथा हस्तान्तरण समारोहलाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति देउवा धादिङबेसी आउन लागेका हुन् ।
शुक्रबार बिहान ९ः१५ बजे हेलिकप्टरबाट धादिङबेसी आउन लागेका देउवाले नेपाली काँग्रेस धादिङको नवनिर्मित भवनको अवलोकन तथा कार्यकर्ता भेटघाट गरेर १०ः३० बजे नीलकण्ठ माध्यमिक विद्यालयको कार्यक्रममा सहभागि हुने बताईएको छ ।
नीलकण्ठ माध्यामिक विद्यालयको नमुना विद्यालय विकास कार्यक्रम अन्तरगत ०७२ बैशाख १२ को भुकम्पबाट क्षेतिग्रस्त भई राष्ट्रिय पुनरनिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाई Japanese Fund For Poverty reduction को अनुदान र Asian Development Bank को सहयोगमा बनेको भवन उक्त कार्यक्रममा उद्घाटन एवम् हस्तान्तरण गर्ने छन् ।