लोक दाहालको पहलमा बन्यो, बद्री विशालको भवन

Avatar photo
Dhadingpost
शुक्रबार, बैशाख २०, २०७६

धादिङ बैशाख २० । गैरआवासीय नेपाली सङ्घ बेल्जियमका अध्यक्ष दाहाल आफ्नो गाउँ धादिङको गङ्गाजमुना गाउँपालिका–७ बुढाथुम र बसेरी आसपासका गाउँको विकासमा निरन्तर लागेका छन् ।

गाउँको विकासका लागि भूकम्पपछि रु एक करोड ५० लाखभन्दा बढी रकम भित्राएका उनले विदेशमा आफ्नै परियोजनाबाट कमाएको रकम समेत लगानी गरेका छन् । बेल्जियमका विभिन्न सङ्घसंस्था गुहारेर सङ्कलित रकमले गाउँको मुहारमा चमक भर्न उनी लागि परेका छन् ।

गाउँको बद्रिविशाल माध्यमिक विद्यालयको नयाँ भवन निर्माण बेल्जियमको ‘फ्रम पिपुल टु पिपुल’ मार्फत दाहालले सम्पन्न गरेका हुन् ।

बद्री विशाल माविको ईतिहासमा दाहालको नाम अंकित भएको बताउँदै विद्यालयका प्र. अ. चुणामणि अधिकारीले भने भुकम्पले क्षेति ग्रस्त यस विद्यालयको नव निर्मित भवनमा ९, १०, ११ र १२ कक्षाका विद्यार्थीहरुले पढि रहेका छन् । ७० लाख ६४ हजारको सहयोगमा उक्त भवन निमार्ण भएको हो ।

यो सबै रकम दाहाल जी ले नै व्यवस्था गर्दिनु भएको हो, अझै फर्निचर, रंङरोकन र बत्तीको कामको लागि अन्दाजी ५ लाखको काम बाँकी छ त्यो पनि उहाँहरुबाटै सहयोगको अपेक्षा राखेका छौ प्र.अ. अधिकारीले धादिङपोष्ट सँग भने ।

दाहालले गङ्गाजमुना गाउँपालिका अन्तरगत बुढाथुम र बसेरीमा थुपै सामाजिक काम गरेका छन् । दाहालको धर्मपत्नी सिता दाहालले समेत उक्त क्षेत्रमा उल्यख्य सहयोग गरेकि छिन् ।

दाहाल दम्पत्तीको सहयोगहरु यस्ता छन्
१. श्री बद्री विशाल उच्च माविको भवन ७० लाख पक्की भवन निमार्ण
२. महालक्ष्मी उच्च मावि र शिवालय माविको भवन निमार्ण ३५ लाख ५० हजार
३. बुढाथुम पानी ट्याङ्की मर्मत तथा धारा विस्तारको ५ लाख ७० हजार
४. खानेपानी ट्याङ्की र पाईप लाईन विस्तार गलने ६ लाख
५. रुनचेतमा खाद्यान्न २५० घरधुरीलाई ३ लाख ८५ हजार
६. सोतीमा खाद्यान्न वितरण ३ लाख ७० हजार
७. कन्या स्कुलको टिएलसी निमार्ण २ वर्ष सम्म १ शिक्षकलाई तलव गरि २ लाख
८. लापुडाँडा खानेपानी पाइप ५० हजार
९. सिता दाहालद्वारा बसेरीमा मन्दिर निर्माण,मरनघाट निर्माण ७ लाख २० हजार
१०. सिता दाहालद्वारा गलनेका २ वटा मन्दिर निर्माण र खानेपानी धारा निर्माण ११ लाख
११. गलने पुरै गाउँको लागि जस्ता पाता र खाद्यान्न १५ लाख

अन्य समाचार
लोक दाहालद्वारा साढें १ करोड भन्दा बढी सहयोग
लोक दाहाल उदाहरणिय कामका साथ नेपाल आउँदै
लोक दाहाल नेपालमा, सुमन परिवारलाई सहयोग