रोगको मुख्य कारण जीवनशैली -रिजाल

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख १७, २०७६

धादिङ बैशाख १७ । जिल्ला स्वास्थ्य कार्यालय धादिङका निमित्त प्रमुख विष्णु रिजालले मानिसमा लाग्ने रोगहरुमा मुख्य कारण जीवनशैली भएको बताएका छन् ।

धादिङबेसीमा जिल्ला स्वास्थ्य कार्यालयले आज सम्पन्न गरेको सर्ने र नसर्ने रोग सम्बन्धी अभिमूखीकरण कार्यक्रममा प्रमुख रिजालले हाम्रो विग्रदो जिवन शैली रोगको मुख्य कारण भएको बताएका हुन् ।

नेपालमा डरलाग्दो ढंगलले नसर्ने रोगको बृद्धि हुने गरेको समेत रिजालले बताएका थिए । नेपालमा ६० प्रतिशद मानिसको नसर्ने रोगका कारण मृत्यू हुने गरेको बताउँदै रिजालले यसतर्फ सचेत बन्नु पर्ने बताएका थिए ।

कार्यक्रममा सुर्तीजन्य पदार्थको सेवन, मदिरा सेवन, अधिक मात्रामा नुनको प्रयोग, अस्वस्थकर खानपान, जीवनशैली आदिका कारण पनि मुटु, क्यान्सर, श्वासप्रश्वास, मधुमेह जस्ता रोगहरु लाग्ने बताउदै मौसम अनुसार विभिन्न सरुवा रोगहरु लाग्ने भएकाले सफा पानी, ताजा खानेकुरा आदिमा सचेत रहन पनि आग्रह गरिएको थिायो ।

कार्यक्रममा प्रमुख रिजालले पछिल्लो समय स्वास्थ्य कार्यालयले गर्ने कामको जानकारी दिदै संघ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्ने, तालिम गोष्ठी, निःशुल्क औषधी वितरण, भ्याक्सिन, सचेतना कार्यक्रम, महामारी नियन्त्रण, स्थानीय तहलाई खोप सेवा, उपचार सेवा, परिवार नियोजन, क्षयरोग, कुष्ठरोग नियन्त्रण लगायतका कार्य गर्ने बताएका थिए ।