बालमैत्री कक्षा शिक्षणका लागि तालिम दिईयो

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख १०, २०७६

धादिङबेसी बैशाख १० । बालमैत्री कक्षा शिक्षणका लागि बेनिघाटरोराङ गाउँपालिका भित्रका २४ विद्यालयका शिक्षक/शिक्षिकालाई तालिम दिईएको छ ।

बालमैत्री बिद्यालय, बालमैत्री व्यवहारमा कक्षा शिक्षण विधि, शिक्षक निर्मित स्थानीय शैक्षिक सामाग्री, बियषगत शिक्षण लगायतका बिषयमा उनीहरुलाई तालिम दिईएको हो ।

युएमएनका परशुराम काफ्लेद्वारा सहजिकरण गर्नु भएको थियोे । युएमएनको साझेदारीमा प्रयास नेपालले बैशाख २ गतेबाट संचालन गरेको तालिम बाल केन्द्रीय सामुदायिक विकास कार्यक्रम अन्तरगत दिईएको प्रयास नेपालका निर्देशक दामोदर अर्यालले बताए ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय ईकाईका प्रमुख शिव रेग्मी, प्रयास नेपाल धादिङका अध्यक्ष सबिता अर्याल, कार्यकारी निर्देशक दामोदर अर्याल, युएमएनका कार्यक्रम अधिकृत संजिव अधिकारी लगायतले सिकाई उपलब्धि वृद्धि तथा प्रभावकारी सिकाईको लागि बालमैत्री कक्षा शिक्षण र बाल शैक्षिक सामाग्रीको प्रयोगका बारेमा भनाई राखेका थिए ।

तालिममा सहभागी शिक्षकहरु सुमित्रा चेपाङ, मञ्जु मगर, जिबेन्द्र तामाङ, सम्झना सामरी, अमृत चेपाङ लगायतले कक्षा शिक्षण गर्न र बालमैत्री शिक्षणको लागि तालिम साह्रै प्रभावकारी रहेको र आफुले सिकेको सीप बिद्यालय गएर लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका सामाजिक परिचालक सरिता श्रेष्ठले बताईन् ।