नीलकण्ठ ३ को मेयर उद्यमशिल तालिम सम्पन्न

Avatar photo
Dhadingpost
मङ्लबार, बैशाख १०, २०७६

धादिङबेसी बैशाख १० । नीलकण्ठ नगरपालिका ३ ले सात दिने युवा उद्यमशिल विकास तालिम सम्पन्न गरेको छ ।

नगरपालिका भित्रका बेरोजगार युवा/युवतीहरुलाई स्वरोजगार बनाउने योजना अनुरुप संचालन गरिएको उद्यमशिल तालिमको समापन कार्यवाहक वडा अध्यक्ष गोपीकृष्ण भण्डारीले गरेका थिए ।

२२ जनाको सहभागिता रहेको तालिम समापन कार्यक्रममा बोल्दै कार्यवाहक वडा अध्यक्ष भण्डारीले पहिला सिप सिकौ अनि काम तव मात्र सफल उद्यमी बन्न सकिने बताएका थिए । उनले काम गर्ने सिप र जाँगर भएका युवाहरुलाई नगरपालिकाले अनुदान दिने सँगै सस्तो व्याजदरमा बैंक सँग ऋण उपलब्ध गराई दिने बताएका थिए ।

प्रशिक्षक सम्झना भण्डारीका अनुसार यो पहिलो चरणको सात दिने तालिममा उद्यमी कसरी बन्ने व्यवसायीक प्लान कसरी बनाउने भन्ने सिकाईएको र दास्रो चरणमा कस्तो उद्योग व्यवसाय संचालन गर्ने हो त्यहि व्यवसाय सम्बन्धी तालिम दिईने छ ।

प्रशिक्षक सम्झना भण्डारीलाई सहजिकरणका लागि राजकुमार राना र लक्ष्मी गिरीले तालिम अवधिभर साथ दिएका थिए ।

मेयर उधमसिल तालिम समापन कार्यक्रममा धादिङबेसीकी सफल महिला उद्यमीको रुपमा परिचित कल्पना अधिकारीले आफ्नो व्यवसाय संचालनको सुरुवात, अहिलेको व्यवसाय र संचालको बारेमा बताएकी थिईन् । धादिङपोष्टको लागि तस्विर सौजन्यः सम्झना भण्डारी