थाँक्रेमा बच्चाले पत्कर सल्काउँदा फर्निचर र टहरामा आगलागी

Avatar photo
Dhadingpost
सोमवार, चैत्र २५, २०७५

विकाश भण्डारी
धादिङ चैत्र २५ ।
धादिङको थाक्रे गाउँपालिका वडा नं ५ मुलखोला स्थित कुमार तामाङको फर्निचर र दुर्गा तामाङको टहरामा आगलागि भएको छ ।

बिहान अन्दाजी ६ बजे लागेको आगोे नियन्त्रणका लागि प्रहरी र स्थानियलाई २ घण्टा लागेको थियो ।

थाँक्रे हाप्सेचौर प्रहरी चौकीबाट खटिएका प्रहरी र स्थानियको सक्रियतामा आगो नियन्त्रण आए पनि कुमार तामाङको फर्निचरमा रहेको ईलेक्ट्रिक समिलका सबै सामान र काठपात तथा दुर्गा तामाङको टहरामा भएको लत्ता कपडा धनमाल सबै जलेर नस्ट भएको छ ।

बच्चाले सुकेको पत्करमा लाईटर झोसे पछि लागेको आगो फर्नीचर र टहरामा सल्केको प्रहरीले बताएको छ ।

अन्दाजी १० लाख बराबरको धनमाल क्षति भयको प्रारम्भिक अनुमान गरीयको छ, यध्यपी यो नै एकिन बिबरण भने होईन आगलागीको कारण बच्चाले पतकरमा लाईटर झोसे पछि एक्कासि आगो फर्नीचर र टहरा तर्फ सल्केको थियो ।