धादिङबेसी मै एक पसल अनेक सुविधा

Avatar photo
Dhadingpost
सोमवार, चैत्र ४, २०७५

धादिङबेसी चैत्र ४ । हामी कहिले काहि सामाना पनि नपाएर कहाँ पाउँला भनेर भौतारि रहेका हुन्छौ । अझ भन्ने हो भने ह्याण्डी क्राफ्टका समानहरुभने जहा तहि भेटिँदैनन् भेटिए हालेपनि गुणस्तर युक्त भेटिने सम्भावना कमै हुन्छ । यस्तै ग्राहकहरुको मागलाई ध्यानमा राख्दै धादिङबेसी मिलनटोलमा एक पसल अनेक सुविधाको मर्मका साथ मानसिंह वाइवाले जिन्लव ह्याण्डी क्राफ्ट एण्ड स्टेशनरी पसल संचालनमा ल्याएका छन् । नेपाली कला संस्कृति झल्कने ह्याण्डी क्राफ्टका सामान, विभिन्न जातजातिका लागि आवस्यक पर्ने पुजा सामाग्रीको लागि अब काठमाडौंको ठमेल, पोखरा लगायत पर्यटकीय स्थल चहार्नु नपर्ने भएको प्रोपाईटर वाइवा बताउँछन् ।

वाईवाका अनुसार पुजा सामाग्रीमा स्वास्थ्य वर्धक खादा, साङ्दर, लङ्ता, थाङ्का, तोरण, मुर्ती, कोङा, माला (बुद्धचित्त र रुद्राक्ष), विभिन्न अर्गानिक वासनादार धुप, रुङा, शंख, घण्टी, चम्पा पिठो, बुम्बा लगायतहरु पाईन्छ ।

पुजा सामाग्री सहित ह्याण्डीक्राफ्टका सामान सँगै अर्को सटरमा प्रोपार्यटर वाइवाले स्टेशनरीका सम्पूर्ण सामाग्री राखेका छन् साथमा उनले फोटोग्राफी र इन्टरनेटका सम्पूर्ण काम गर्दछन् ।