धादिङ फागुन १४ । नेपाली काँग्रेस धादिङको युवाहरुको संगठनले स्थानीय तह स्तरीय कमिटिहरु निर्माणका लागि भेलाहरु सुरुवात गरेका छन् ।
नेपाल तरुण दल जिल्ला तथा क्षेत्रको समन्वयमा गङ्गा जमुना गाउँपालिकाको आयोजनामा गाउँपालिका स्तरीय तरुण भेला र विशाल सांस्कृतिका कार्यक्रमको बीच भेला सम्पन्न भएको हो ।
भेलाले प्रकाश विनायकको अध्यक्षतामा १७ सदस्यीय गाउँपालिका स्तरीय तरुण दलको गठन भएको छ । जसको उपाध्यक्षमा राज कुमार गुरुङ, सचिवमा प्रल्हाद श्रेष्ठ, कोषाध्यक्षमा राम शरण अधिकारी रहेका छन् ।
भेलाले वडा नं. ६ को गणेश बहादुर न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय, वडा नं. ५ को तुलसी वानियाको अध्यक्षतामा ९ सदस्यीय, ४ को धन बहादुर गुरुङको अध्यक्षतामा ११ सदस्यीय र ३ को विरेन्द्र गुरुङको अध्यक्षतामा ११ सदस्यी कार्यसमिति गठन गरेको छ ।
गंगाजमुना गाउँपालिकाका अध्यक्ष प्रकाश विनायकको सभापतित्वमा भएको कार्यक्रममा पूर्व काननु न्याय तथा संसदीय व्यवस्था राज्यमन्त्री दिलमान पाख्रिनको प्रमुख आतिथ्यता, नेपाली काङ्ग्रेस धादिङका पूर्व सभापति रामनाथ अधिकारी, प्रदेश सभा सदस्य डा. राजाराम कार्की, महासमिति सदस्य तिलक रुवाली आदिको विशेष आतिथ्यता रहेको थियो । यस्तै तरुण दल जिल्ला अध्यक्ष गोपाल विश्वकर्मा, क्षेत्रीय अध्यक्ष नवराज सिलवाल लगायत आतिथ्यता रहेको थियो ।