धादिङ सल्यानटार फागुन ११ । प्याब्सन केन्द्रीय कार्यसमितिका महासचिव राजेन्द्र बानियाँ धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यान्टार पुगेका छन् ।
२०५३ साल देखि सल्यानटारमा संचालनमा रहेकाे बाल विकास ईग्लिस बोर्डिङ स्कुलको २३ औं वार्षिक उत्सव कार्यक्रम उद्घाटन गर्न शनिबार महासचिव बाँनिया सल्यानटार पुगेका हुन् ।
नेपाली काँग्रेस धादिङका सचिव तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिराम बुर्लाकाेटीकाे सभापतित्वमा भएकाे उक्त वार्षिकोत्सब कार्यक्रममा प्याब्सनका महासचिव बानियाँले निजी विद्यालयहरु सरकारी विद्यालय भन्दा सस्ता छ । सरकारी विद्यालयमा लाग्ने प्रति विद्यार्थी रकम भन्दा निजी विद्यालयमा लाग्ने शुल्क सस्ताे हुन्छ । हाल सरकारी विद्यालयमा खर्च भैरहेकाे प्रति विद्यार्थी रकम भन्दा धेरै सस्ताे दुरदराजका बाेर्डिङले शुल्क लिन्छन् । त्यसैले बाेर्डिङलाई महंगाे भन्न नहुने दाबी गरे ।
सरकारले नीजि विद्यालय बन्द गर्दैछ भन्ने चर्चाकाे बारेमा खण्डन गर्दै महासचिव बाँनियाले निजी विद्यालय बन्द हुन्नन, कसैले चाहेर बन्द हुने वा खाेलिने हुन्न र कम्पनी ऐनमा उल्लेख भएकाे बुँदाका आधारमा कानूनत निजी विद्यालय सदियाैँसम्म चल्नेे बताए ।
उनले स्थानीय तहमा निजी विद्यालयलाई हेर्ने दृष्टिकाेण परिवर्तन नहाेस् । निजी विद्यलयले शिक्षाकाे गुणस्तरमा पुर्याएकाे याेगदानकाे सूक्ष्म मुल्याङ्कन गरि याेगदानकाे उचित कदर गर्न समेत आग्रह गरेका थिए ।
प्याब्सन केन्दिय कार्यसमितिका महासचिव राजेन्द्र बानियाँकाे प्रमुख आतिथ्यता सम्पन्न उक्त वार्षिकोत्सब कार्यक्रममा गाउँपालिका प्रमुख शम्भु थापा, शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख शिव रेग्मी, प्याब्सन धादिङका संस्थापक शान्तविक्रम बानिया, पुर्व केन्द्रीय सदस्य नवराज ओझा लगायतकाे विशिष्ट अतिथित्यता रहेकाे थियाे ।