धादिङ फागुन ४ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले धादिङको सल्यानटारलाई नमुना सहरकाे रुपमा विकास गरिने बताएका छन् ।
विगत ४३ वर्ष पछि धादिङ त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानकाेट आएका अध्यक्ष प्रचण्डले नमुना सहरकाे रुपमा सल्यानटारलाई विकास गर्न केन्द्रीय रुपमा नै डिपीआर सुरु गरिएकाे बताएका हुन् ।
सल्यानकाेट स्थित कार्की गाउँ माध्यमिक विद्यालयकाे ५९ औंं वार्षिकोत्सब तथा नव निर्मित ८ काेठे भवन उद्घाटन गर्न आएका प्रचण्डले बुढीगण्डकी जलविद्युत परियाेजनाकाे काम धेरै अगाडी बढिसकेकाे बताउँदै खहरे, आरुघाट र आरखेत बजारकाे मुअब्जा अब छिट्टै ताेकिने समेत बताए ।
कार्यक्रममा दुई घण्टा विताएका प्रचण्डलाई स्थानियहरुले गरेकाे स्वागत र माल्यार्पणकाे भिड सन्तुलनमा राख्न सुरक्षाकर्मी र आयाेजकलाई हम्मेहम्मे परेकाे देखिन्थ्याे ।
कार्यक्रममा नेकपा नेता पुष्प बिक्रम मल्ल, गुरु बुर्लाकाेटी, रामबहादुर भण्डारी, खेम प्रसाद लाेहनी, जगत सिंखडा, गाउँपालिका अध्यक्ष शम्भु थापा लगायतकाे आ तिथ्यता रहेकाे विद्यालयका प्रधानाध्यापक अर्जुन नगरकाेटीले बताए । फाेटाे: केशरी प्रसाद पन्त