विपन्न नागरीकले कडा रोगको उपचार सहयोग सिफारिस पालिकाबाट पाउने

Avatar photo
Dhadingpost
बुधबार, फाल्गुन १, २०७५

धादिङ फागुन १ । विभिन्न कडा रोग लागेर औषधी उपचार सहयोगका लागि सिफारिस लिन विपन्न नागरिकहरु जिल्ला स्वस्थ्य कार्यालय जान वाध्य भैरहेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सिफारिस दिन पालिकालाई निर्देशन गरेको छ ।

यस अघि सम्बन्धित जिल्ला स्वस्थ्य कार्यालयले दिँदै आएको कडा रोग लागेका विरामी औषधी उपचार सहयोग सिफारिस अब गाउँ पालिकाले नै दिने भएपछि विपन्न नागरीकहरुलाई केहि हद सम्म भएपनि राहात मिलेको छ ।

विपन्न नागरीक औषधी उपचार कोष निर्देशिका २०७५ को दफा २ बमोजिम विभिन्न कडा रोगहरु मुटुरोग, मृगौला रोग, क्यान्सर, पार्किन्सस्, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी तथा सिकलसेल, एनिमिया रोगहरुको औषधी उपचारको लागि पालिकाले नै सिफारिस गर्ने भएको हो ।

नेपाल सरकारले तोकेको अस्पतालमा उपचार गर्ने गरि पालिकाहरुले विपन्न नागरिकहरुलाई आठ वटा रोगकोे उपचारको लागि १ लाख देखि ५ लाख रुपैया सम्म सिफारिस गर्न सक्ने भएका हुन् ।

यस्तो रोग लागेकोे अवस्थामा सुविधा प्राप्त गर्न सकिन्छ
मृगौला रोग
क. अल्पकालिन रुपमा मृगौलाले काम नगरेको
ख. दीर्धकालिन रुपमा मृगौलाले काम नगरेको
ग. एक्यूट ग्लुमेरुलो नेफ्राइटिस एण्ड नेफ्राइटिक सिन्ड्रोम भएको अवस्थामा ।
घ. मृगौला खराव भै डायलाइसिसगर्नु पर्ने भएमा ।
ङ. मृगौला प्रत्यारोपण गर्नुपर्ने भएमा ।
च. मृगौला प्रत्यारोपण गरे पश्चात औषधि उपचार गर्नु परेमा ।
छ. मृगौला रोगको निदान तथा उपचारका लागि आवश्यक पर्ने औषधि, औषधिजन्य सामग्रीहरु, शैंया तथा सेवा शुल्कहरु ।

मुटु रोग
क. विभिन्न प्रकारका मुटु जस्तैः महाधमनीको शल्यक्रिया गर्नुपर्ने भएमा ।
ख. मुटुमा पेसमेकर तथा स्टेन्ट राख्नु परेमा, एब्लेशन गर्नुपरेमा । मुटुको भल्भ पूर्णरुपमा क्षति भएको वा मुटु फेल भएकोमा ।

क्यान्सर रोग: विभिन्न प्रकारका क्यान्सर रोग र ती सम्बन्धी शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी गर्नु परेमा

कुन रोगको उपचार कहाँको कुन स्वस्थ्य संस्थामा गराउन सकिन्छ
मुटु, मृगौला, क्यान्सर, पार्किन्स्, अल्जाइमर, हेड इन्जुरी, स्पाइनल इन्जुरी
वीर अस्पताल काठमाडौं, त्रि.वि.वि.शिक्षण अस्पताल, महाराजगंज, काठमाडौं, पटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन, ललितपुर, वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान सुनसरी, चितवन मेडिकल कलेज, शिक्षण अस्पताल चितवन, नोबेल मेडिकल कलेज, शिक्षण अस्पताल विराटनगर मोरङ, धुलीखेल अस्पताल काभ्रेपलाञ्चोक, मास्पाइनल इन्जुरी सघं साँघा काभ्रेपलाञ्चोक, क्यान्सर परोपकार प्रसुती तथा स्त्रीरोग अस्पताल थापाथली काठमाडौं, वि.पी. कोइराला मेमोरीयल क्यान्सर अस्पताल भरतपुर चितवन, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर, क्यान्सर केयर नेपाल जावलाखेल ललितपुर, काठमाडौं क्यान्सर सेन्टर ताथली भक्तपुर, नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. मा क्यान्सर सम्बन्धी निःशुल्क उपचार हुन्छ ।

हेड इन्जुरी, स्पाइनल इन्जुरी र मुटु न्युरो कार्डियो मल्टिस्पेसियालिटी हस्पिटल मोरङ विराटनगरमा हेड इन्जुरी, स्पाइनल इन्जुरी र मुटु । मुटु शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बांसवारी काठमाडौं, मनमोहन कार्डियो थोरासिक, भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगंज काठमाडौंमा मुटु सम्बन्धि उपचार हुन्छ । क्यान्सरर सिकलसेल एनिमिया कान्तिवाल अस्पताल, महाराजगञ्ज, काठमाडौंमा क्यान्सर सिकलसेल एनिमियाको उपचार हुन्छ ।

मुटु, मृगौला, क्यान्सर कान्तिवाल अस्पताल महाराजगञ्ज काठमाडौंमा मुटु, मृगौला र क्यान्सरको उपचार हुन्छ । मृगौला र मुटु मानव अंग प्रत्यारोपण केन्द भक्तपुर, नेपाल मेडिकल कलेज जोरपाटी, मृगौला र मुटु सम्बन्धि सित्तैमा उपचार हुन्छ ।

डायलाइसिस
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा कास्की, नारायणी उपक्षेत्रिय अस्पताल विरगंज पर्सा, कोशी अञ्चल अस्पताल विराटनगर मोरङ, जनकपुर अञ्चल अस्पताल जनकपुर धनुषा, गण्डकी मेडिकल कलेज पोखरा कास्की, युनिभर्सल कलेज अफ मेडिकल साईन्सेस भैरहवा रुपन्देही, कलेज अफ मेडिकल साइन्सेस भरतपुर चितवन, नेपालगञ्ज मेडिकल कलेज नेपालगञ्ज बांके, मणिपाल शिक्षण अस्पताल पोखरा कास्की, राष्ट्रिय मृगौला उपचार केन्द्र वनस्थली काठमाडौं, वि.एण्ड.वि. अस्पताल ग्वार्खो ललितपर, आरोग्य स्वास्थ्य प्रतिष्ठान पुल्चोक ललितुर, नेशनल डायलासिस सेन्टर बसुन्धरा काठमाडौं, सिद्धार्थनगर सिटी हस्पिटल प्रा.लि. बुटवल रुपन्देही, अल्का अस्पताल प्रा.लि. जावलाखेल ललितपुर, चरक मेमोरयल हस्पिटल प्रा.लि. पोखरा कास्की, हिमाल हस्पिटल प्रा.लि. ज्ञानेश्वर काठमाडौं, भेनस अस्पताल मध्य वानेश्वर काठमाडौं, विरेन्द्र सैनिक अस्पताल छाउनी काठमाडौं, सुमेरु सामुदायीक अस्पताल धापाखेल ललितपुर, ग्राण्डी इन्टरनेशनल अस्पताल धापासी काठमाडौं, नेपाल स्वास्थ्य विकास तथा अनुसन्धान सहकारी लि विराटनगर मोरङ, नेपाल स्वास्थ्य विकास तथा अनुसन्धान सहकारी लि. विराटनगर मोरङ, क्रिम्सन अस्पताल मनिग्राम ललितपुर, ग्रिनसिटी अस्पताल प्रा.लि. धापासी काठमाडौं, ओम हस्पिटल एण्ड रिसर्च सेन्टर चावाहिल काठमाडौं, लेकसिटी हस्पिटल एण्ड क्रिटिकल केयर प्रा.लि. बगालेटोल पोखरा, पुर्णटुङ विर्ता सिटी अस्पताल विर्तामोड झापा, जानकी हेल्थकेयर अस्पताल प्रा.लि. जनकपुरधाम धनुषा, विराटनगर अस्पताल प्रा.लि. विराटनगर मोरङ, ओमसाई पाथीभारा हस्पिटल प्रा.लि. भद्रपुर झापा, किष्ट मेडिकल कलेज इमडोल, ललितपुरमा मृगौलाको डायलाइसिस गरिन्छ ।
हेड इन्जुरी र स्पाइनल इन्जुरी राष्ट्रिय ट्रमा सेन्टर महांकाल काठमाडौं, अन्नपूर्ण न्युरोलोजिकल एण्ड अलाइड साइन्सेज माइतिघर काडमाडौंमा हेड इन्जुरी र स्पाइनल इन्जुरीको उपचार हुन्छ ।

सिकलसेल एनेमिया, डायलाइसिस
राप्ती उपक्षेत्रीय अस्पताल दाङ, सेती अञ्चल अस्पताल धनगढी कैलाली, घोडाघोडि अस्पताल सुख्खड कैलाली, मेचि अंचल अस्पताल भद्रपुर झापामा सिकलसेल एनेमिया, डायलाइसिसको उपचार हुन्छ ।

मुट र डायलाइसिस
गौतमबुद्ध सामदायिक मुटु अस्पताल बुटवल रुपन्देही, बयोदा हस्पिटल प्रा.लि.बल्खु, ललितपुरमा मुटु र डायलाइसिसको उपचार हुन्छ ।
सिकलसेल एनेमिया: भेरी अञ्चल अस्पताल नेपालगञ्ज बांके, लुम्बीनी अञ्चल अस्पताल बुटवल रुपन्देही, महाकाली अञ्चल अस्पताल महेन्द्रनगर, जिल्ला अस्पताल बर्दिया, जिल्ला अस्पताल नवलपरासी, जिल्ला अस्पताल कपिलबस्तुमा सिकलसेल एनेमियाको उपचार हुन्छ । डायलाइसिस, हेड इन्जुरी र स्पाइनल इन्जुरी गोल्डेन अस्पताल प्रा.लि. विराटनगर मोरङमा डायलाइसिस, हेड इन्जुरी र स्पाइनल इन्जुरीको उपचार हुन्छ । हेड इन्जुरी र स्पाइनल इन्जुरी, मुुुटु, डायलाइसिस भरतपुर अस्पताल, भरतपुर, चितवनमा हेड इन्जुरी र स्पाइनल इन्जुरी, मुुुटु, डायलाइसिसको उपचार हुन्छ ।

सेवा सुविधा प्राप्त गर्न यी कागजात पेश गर्नु पर्छ ?
. विरामीको नागरिकताको प्रतिलिपि (१६ वर्ष मुनिको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि)
. उपचारको लागि तोकिएको अस्पतालमा सिफारिस ।
. रोग पहिचान भएको चिकित्सकको प्रेसक्रिप्सनको संक्षिप्त व्यहोरा ।
. उपचार सेवाका लागि पालिकाले गरेको सिफारिस ।
. विरामी विपन्न नागरिक भएको व्यहोरा खुल्नु पर्ने र तोकिएकोे ढाचाँमा निवेदन हुनुपर्ने ।

मन्त्रालयले पालिकालाई जारी गरेको पत्र