धादिङ माघ २२ । गंगाजमुना गाउँपालिका वडा नम्बर ५ फुलखर्क मा रहेको मण्डली मावि प्राङ्गणबाट पेस्तोल सहित तीन जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धादिङ जानकारी दिएको छ ।
प्रहरीका अनुसार पक्राउमा खनियाबास गाउँपालिका वडा न–५ सत्यदेबीका २५ वर्षिय नारायण थापामगर, ३० वर्षिय आषिश थापामगर र २३ वर्षिय बिशाल गुरुङ रहेका छन् ।
सात राउण्ड गोली र चाइनिज पेस्तोल सहित पक्राउ परेका उनीहरुलाई सोमबार नै जिल्ला प्रहरी कार्यालय ल्याईएको छ ।
गंगाजमुना गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अन्तिम दिन सोमबार उनीहरुलाई प्रहरीले हतियार सहित पक्राउ गरेको हो ।
मंगलबार गंगाजमुना गाउँपालिकामा १ करोडको सडक टेण्डर छ त्यहि सिलशिलामा उनीहरु हतियार सहित उक्त स्थानमा पुगेको हुन सक्ने स्थानियहरुले आशंका गरेपनि थप अनुसन्धान जारी रहेको प्रहरीले जनायो । (फोटो फाईल)