सिद्धलेक गाउँपालिकामा स्कुल नजाने बालबालिका छैनन् त ?

Avatar photo
Dhadingpost
मङ्लबार, माघ १५, २०७५

धादिङ माघ १५ । सिद्धलेक गाउँपालिका कार्यालय परिसरमा समाजवाद उन्मुख समृद्ध राष्ट्र निमार्णको आधार, दक्ष जनशक्ति विकास एवं दिगो शैक्षिक पुर्वाधार भन्न नारा सहितको विद्यालय वाहिर विद्यार्थी नरहेको घोषणा गरिएको फ्लेक्स बोर्ड टाँगिएको छ ।

सस्तो लोकप्रियताका लागि साक्षेरता उल्मुलन गर्ने धादिङ जिल्ला हो, अझै लेख्न र पढ्नको कुरा छोडौं हस्ताक्षेर गर्न नसक्ने व्यक्तिहरु धादिङमा छन्, तर साक्षरता उल्मुलन घोषणा भैसक्यो धादिङ ।

यस्तै सिद्धलेक अन्तरगत कुम्पुरको पिपलटार, नलाङको नयाँ बस्ती सलाङका केहि ठाउँका बालबालिकाहरु अझै स्कुल जाँदैनन् तर कयौं बालबालिकाहरु हुँदा स्कुल बाहिर हुँदा यस्तो बोर्ड टाँगिनु सस्तो लोकप्रियता भएको पालिका कार्यलयमा आएका एक स्थानिएले बताए ।

साविकको नलाङ, सलाङ र कुम्पुर मिलेर बनेको सिद्धलेक गाउँपालिकामा कार्यालय परिसरमा टाँगिएको बोर्डमा भनिएको छ- विद्यालय उमेर समुहका बालबालिकाहरु सिद्धलेक गाउँपालिका भित्र विद्यालय बाहिर नरहेको घोषणा गरिएको छ ।