सिद्धलेकमा बाख्रा बाँडियाे

Avatar photo
Dhadingpost
शुक्रबार, माघ ११, २०७५

धादिङ माघ ११ । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ३ र ४ मा बाख्रा उपहार स्वरुप प्रदान गरिएकाे छ ।

प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास) नेपाल धादिङ र हेफर ईन्टरनेशनल नेपाल, सिद्धलेक गाउँपालिको साझेदारीमा संचालित सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम अन्तरगत शुक्रबार ८९ जनालाई बाख्रा उपहार स्वरुप प्रदान गरिएकाे हो ।

जमुना स्वालम्बी महिला समुह र सयपत्री स्वबलम्बी महिला समुहका सदस्यहरुलाई २–२ वटा बाख्रा वितरण गरिएकाे थियाे । बाख्रा उपहार प्रदान कार्यक्रममा सिद्धलेक गाउँपालिकाका अध्यक्ष प्रेमनाथ सिलवाल प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल, लगायत वडा अध्यक्षहरुको विषेश आतिथ्य रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालले महिला ससक्तिकरणको लागी यस्तो कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको भन्दै खुशी व्यक्त गरेका थिए ।

उनले आर्थिक स्तर बृद्धि गर्नको लागी कृषि तथा पशुपालन महत्वपुर्ण रहेको भन्दै, उपहार पाएको बाख्रालाई राम्रो स्याहार गर्न समेत आग्रह गरेे ।

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले आफुले पाएको बाख्राको सहि सदुपयोग गर्नको लागी आग्रह गरेका थिए ।

कार्यक्रम अन्तरगत ८ वटा मुल समूह र ३५ वटा उपहार समूह गठन, सीप तथा क्षमता विकास र व्यवसायिक बाख्रा पालन, नश्ल सुधार, सुधारिएको खोर निर्माण र घाँस खेती बिस्तार जस्ता कार्य हुँदै आएकाे प्रयास नेपालकन प्राविधिक संयोजक ईश्वरी कोईरालाले जानकारी दिईन् ।