११ खर्ब ६२ अर्बको व्यापारघाटा

Avatar photo
Dhadingpost
सोमवार, साउन २१, २०७५

काठमाडौं, सायन २१ । आर्थिक वर्ष २०७४÷७५ को व्यापारघाटा अघिल्लो आर्थिक वर्षको तुलनामा २७.५३ प्रतिशले बढेर व्यापार घाटा ११ खर्ब ६२ अर्ब १० करोड रुपैयाँ पुगेको पुगेको छ ।

आर्थिक वर्ष २०७३÷७४ मा व्यापारघाटा ९ खर्ब ११ अर्ब २६ करोड ६७ लाख ४ हजार रुपैयाँ रहेको थियो । यो वर्ष ब्यापार घाटा २ खर्ब ५१ अर्बले वृद्धि भएको छ ।

गत आर्थिक वर्षमा १२ खर्ब ४३ अर्ब २९ करोड २१ लाख १८ हजार रुपैयाँ वस्तु आयत भएको भन्सार विभागले जनाएको छ । भन्सार विभागका अनुसार यस अवधिमा ८१ अर्ब १९ करोड १६ लाख ५२ हजार रुपैयाँको मात्रै निर्यात भएको छ ।

आर्थिक वर्ष २०७३÷७४ को तुलनामा आयात २६ दशमलव ३१ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७३÷७४ मा ९ खर्ब ८४ अर्ब ३० करोड २९ लाख ४८ हजार रुपैया बराबरको सामाग्रीहरु आयात भएको थियो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा निर्यातमा पनि केही सुधार देखिएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा ११ दशमलव १७ प्रतिशतले निर्यातमा वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा ७३ अर्ब ३ करोड ६२ लाख ४४ हजार रुपैयाँको सामाग्री विभिन्न मुलुकहरुमा निर्यात भएको थियो ।

निर्याततर्फ भने सबैभन्दा धेरै कफी देखिएको छ । यस अवधिमा ८१ अर्ब १९ करोड निर्यात भएकोमा कफी मात्रै ९ अर्ब २० करोडको निर्यात भएको भिागले जनाएको छ ।

यसैगरी कच्चा धागो ८ अर्ब ४३ करोड रुपैयाँको, कार्पेट ७ अर्ब ३८ करोड रुपैयाँको, तयारी पोशाक ६ अर्ब २८ करोड रुपैयाँको आइरन एण्ड स्टील जन्य सामाग्री ५ अर्ब १६ करोड रुपैयाँको निर्यात भएको छ ।

भन्सार विभागकाअनुसार गत आर्थिक वर्षमा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ आयात भएको छ । एक वर्षको अवधिमा १ खर्ब ९७ अर्ब ८५ करोड रुपैयाँको इन्धन आयात भएको विभागले जनाएको छ ।

यसैगरी आइरन एण्ड स्टीलजन्य सामाग्रीहरु १ खर्ब २५ अर्ब ८८ करोड रुपैयाँको, मेसिनरी सामान १ खर्ब २४ अर्ब ४४ करोड रुपैयाँको, सवारी साधन ८६ अर्ब ३० करोड रुपैयाँ बराबरको साथै विद्युतीय सामान ७८ अर्ब २८ करोड रुपैयाँको आयात भएको छ ।