
धादिङबेसी असार २५ । धादिङको सदरमुकाम स्थित नीलकण्ठ बहुमुखि क्याम्पसमा नेपाल युवा रेडक्रस सर्कल नीलकण्ठ क्याम्पस गठन भएको छ ।
क्याम्पसमा रहेका युवा रेडक्रस सदस्यहरुको सोमबार बिहान भएको प्रथम भेलाले अनिश श्रेष्ठको अध्यक्षतामा नेपाल युवा रेडक्रस सर्कल नीलकण्ठ क्याम्पस गठन भएको हो ।
भेलाका प्रमुख अतिथि तथा रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका उपसभापति नारायण तिमल्सिनाको प्रमुख आतिथ्यतामा भएको उक्त भेलाले उपाध्यक्षमा नविना सिलवाल, सचिवमा लक्ष्मी श्रेष्ठ, कोषाध्यक्षमा सविन रिमाल रहेका छन् ।
भेलामा शुभकामना मन्तव्य राख्दै नीलकण्ठ उपशाखा धादिङका सभापति एवम् प्याब्सन धादिङका अध्यक्ष गोविन्द बुढाथोकीले युवा रेडक्रस सर्कलमा आवद्ध विद्यार्थीहरुलाई आफु रेडक्रस सदस्य बनेको गम्भीर भएर सोच्नु पर्ने र मानविय सेवाको लागि सधैं तत्परता देखाउनु पर्ने बताएका थिए ।
कार्यक्रममा अन्तराष्ट्रिय स्वयम् सेवकबाट पुरस्कृत नारायण कुमार श्रेष्ठ, पब्लिक क्याम्पस प्राध्यापक संघ धादिङका अध्यक्ष प्रकाश पौडेल, फोटो पत्रकार महासंघ धादिङका अध्यक्ष नारायण सिलवाल लगायतको आतिथ्यता रहेको थियो ।
क्याम्पस प्रमुख नवराज शर्माको प्रमुख आतित्थ्यतामा भएको उक्त भेलाको संचालन नवराज सापकोटाले गरेका थिए ।
