त्रिपुरासुन्दरीको सय रोपनीमा १ लाख किम्बुको विरुवा रोप्न सुरु

Avatar photo
Dhadingpost
असार २३, २०७५

धादिङ असार २३ । धादिङको त्रिपुरासुन्दरीमा गाउँपालिका वर्डा नं. ५ चिसापानीमा किम्बुको विरुवा रोप्न सुरुभएको छ ।

चिसापानीमा रहेको २० वर्ष देखिको बाँझो जग्गामा रेशम खेती गर्ने योजना अनुरुप स्थानीय कृषक समुहले सय रोपनी जग्गामा १ लाख किम्बु विरुवा रोप्न सुरु गरेको हो ।

स्थानीय समाजसेवी विष्णु सापकोटाको अगुवाईमा सुरुभएको किम्बु विरुवा रोपण कार्यक्रम शनिबारबाट सुरुभई सोमबार सकिने बताईए छ । त्रिपुरासुन्दरी गाउँपालिका उपाध्यक्ष देवी बुर्लाकोटीले बृक्षारोपण गरि कार्यक्रम उद्घाटन गरेकी थिईन् ।

समुहिक लगानीमा महत्वपूर्ण काम गर्न लागेकोमा धन्यावाद दिँदै उप प्रमुख बुर्लाकोटीले गाउँपालिकाले पनि विशेष महत्व राख्ने योजनाहरुलाई विशेष योजना बनाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेकी थिईन् ।

किम्बु खेती विकास परियोजनाबाट सरकारको ५० प्रतिशद अनुदानमा स्थानिय कृषक समुहले विरुवा ल्याई सुरु गरेको किम्बु बृक्षारोपण २ वर्ष पछि सामुहिक रेशम खेतीको गर्ने बृहत योजनाका साथ गरेका हुन् ।