बजेटमाथि आज १२ विभागीय मन्त्रीहरूले जवाफ दिदै

Avatar photo
Dhadingpost
बुधबार, असार १३, २०७५

काठमाडौं, असार १३ । आज बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विभागीय मन्त्रीहरूले जवाफ दिने कार्यसूची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

यस्तै, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ, परराष्ट्र, गृह, स्वास्थ्य तथा जनसंख्या, र रक्षा मन्त्रालयका तर्फबाट विभागीय मन्त्रीहरुले जवाफ दिनेछन् ।
भोली प्रधानमन्त्री कार्यालय तथा मातहतका निकायको बजेट शीर्षकमा उठेका प्रश्नमा प्रधानमन्त्री वा उनले तोकेको मन्त्रीले जवाफ दिनेछन् ।

यसअघि हिजो सञ्चार तथा सूचना प्रविधि, खानेपानी, कृषि, कानुन, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्रीहरूले जवाफ दिएका थिए ।

सांसदहरुको जवाफ दिने क्रम हिजोबाट सुरु भएको हो । तीन दिने कार्यतालिका अनुसार आज १२ मन्त्रीले जवाफ दिनेछन् ।

आज संघीय मामिला तथा सामान्य प्रशासन, सहरी विकास, वन तथा वातावरण मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा, भौतिक पूर्वाधार तथा यातायात, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका विभागीय मन्त्रीले जवाफ दिनेछन्।