नेपालका बैकहरु आर्थीक सँकटमा, टाट पल्टीएपछि बैकले ब्याजदर बढाउन थाले

Avatar photo
Dhadingpost
बिहिबार, असार ७, २०७५

काठमाडौ, असार ७ । बैकर्स एसोसियसनले पाँच महिना अघि गरेको पुरानो सहमतिलाइ फेरि ब्युँताएका छन् । आजबाटै लागू हुने गरी ब्याजदरमा भद्र सहमति कायम भएको छ ।

बैकर्स संघको बिहिबार बसेको बैठकले भद्र सहमति कायम गरेको हो ।टाट पल्टिन लागेपछि बैकहरुले ब्याजदर बढाउन थालेका छन ।

५ महिनाअघि गरेको ब्याजदरको सहमति केहि समय अघि हटाएपछि बैंकहरुले धमाधम ब्याजदर बढाउन थालेपछि त्यसले समग्र सिस्टममा नै समस्या गर्ने भन्दै फेरि ब्याजदरको सहमति कायम गरिएको बैठकमा उपस्थित एक सदस्यले भने । ५ महिना अघिको ब्याजदर सहमति भंग भएपछि निक्षेपमै झण्डै १४ प्रतिशतको हाराहारीमा ब्याजदर पुगेको थियो ।

अब ती ब्याजदर बढाएका बैंकहरुले पनि यो सहमति पालना गर्नेछन् । नेपाल राष्ट्र बैंकसँगको सहमतिमा ब्याजदरलाई स्थायित्व दिन नयाँ सहमति गरेको हो । बैकर्स संघले ऋणको पनि ब्याजदर नबढ्ने गरी सहमति गरेको छ ।