कृष्ण रानामगर
धादिङ फुलखर्क जेष्ठ ११ । धादिङको गंगाजमुना गाउँपालिका वडा ५ फुलखर्कको तिनखण्डे बजारमा शुक्रबार बिहानै देखि मान्छेहरुको जमघट देखिन्थ्यो ।
स्थानिय कृषि उत्पादन प्रदर्शनी तथा विक्रि मेला हर्ने स्थानीहरुको घुइचो लाग्ने, यो मेला हरेक १५ दिनमा आयोजना गरिने गर्दछ । धादिङ जिल्ला मै हरेक १५ दिनमा लाग्ने कृषि मेला यो पहिलो हो ।
शुक्रबजारको एकदिने कृषि मेला तथा हाट बजार डेढलाख भन्दा बढीको कारोबार भएको बताइएको थियो । मेलामा कृषिसंग सम्बन्धित विभिन्न स्थानीय उत्पादित वस्तुहरु बिक्री वितरण भएको थियो ।
मेलामा स्थानीय उत्पादन भएको मुख्य मुख्य तरकारी तथा फलफुलहरु आलु, प्याज, बन्दा, काउली, बोडी, खुर्सानी, गोलभेडा, सिमी, कागती, अदुवा, निउरो, फर्सी, आलुचा, रुखकटहर, काक्रो, केरा, मेवा आदि बिक्री वितरणमा राखिएको थियो ।
मेलामा झण्डै ढेडलाख बराबरको कारोबार भएको आयोजक संस्थाले जानकारी दिएको छ ।
साहस नेपाल र केयर नेपालको साझेदारी तथा सुनगाभा सानाकिसान सहकारी संस्था गंगाजमुना ५ फुलखर्कको आयोजनामा विगत १ वर्ष देखि संचालन हुदैँ आएको कृषि उपज हाटबजार केही समय स्थगित भएको र हाल पुन नियमित पाक्षिक( १५/१५) रुपमा संचालन हुन थालेको हो ।