गजुरीको तेश्रो गाँउ सभामा देखिएका २० क्रियाकलाप

Avatar photo
Dhadingpost
बिहिबार, जेष्ठ १०, २०७५

धादिङ गजुरी, जेठ १० । धादिङको गजुरी गाउँपालिकाको तेश्रो गाउँ सभाले ९ वटा ऐनहरु सवीकृत गरेको छ ।

गाँउपालिका उपाध्यक्ष, वडाका अध्यक्षहरु, गाँउ कार्यपालिका सदस्यहरु र वडा सदस्यहरु एवं प्रमुख प्रशासकीय प्रमुख सहित कर्मचारीहरु सहभागि तेश्रो गाँउ सभाले विभिन्न ९ बुँदा समेटिएको सञ्चालन तथा व्यवस्थापन कार्यविधि स्वीकृत गरेको हो ।

गजुरी गाँउपालिका सभा सञ्चालन तथा व्यवस्थापन (कार्यविधि) सम्वन्धमा व्यवस्था गर्न बनेको नियमावली २०७५, वडा अध्यक्ष एंव गाँउ सभा सदस्य चुडामणी कडेंलले रोस्टममा गएर प्रस्तुत गरे थिए ।

गजुरी गाउँसभामा भएका २० क्रियाकलाप
१. कडेंलले प्रस्तुत गरेको नियमावलीको पक्षमा गाँउ सभा सदस्य कौशिला सेढाईले रोस्टममा पुगेर नियमावलीको औचित्य प्रस्ट्याउदै सर्मथन गरिन ।
२. सभाध्यक्ष बस्नेतले प्रस्तुत विधेयकमा संशोधन प्रस्ताव नपरेकोले हुन्छ भन्ने पक्ष र हुन्न भन्ने विपक्षमा हात उठाउन लगाई हुदैन भन्ने पक्षमा हात नहुठेकाले विधेयक सर्वसहमतिले स्वकिृत भएका जानकारी दिए ।
३. यसैगरी स्थानीय राजपत्र प्रकाशन सम्वन्धी कार्य विधि २०७५, वडा अध्यक्ष एंव गाँउ सभा सदस्य राजकुमार पण्डितले प्रस्तुत गरे ।
४. पण्डिले प्रस्तुत गरेको कार्यविधिको पक्षमा गाँउ सभा सदस्य नेत्र खनालले कार्यविधिको औचित्य प्रस्ट्याउदै सर्मथन गरे ।
५. सभाध्यक्ष बस्नेतले प्रस्तुत विधेयकमा संशोधन प्रस्ताव नपरेकोले हुन्छ भन्ने पक्ष र हुन्न भन्ने विपक्षमा हात उठाउन लगाई हुदैन भन्ने पक्षमा हात नहुठेकाले विधेयक सर्वसहमतिले स्वकिृत भएका जानकारी दिए ।
६. यही क्रममा क्रमशः गाँउ कार्यपालिकाको प्रशासकीय कार्यविधि (नियमिति गर्ने) विधेयक २०७५ वडा अध्यक्ष एंव गाँउ सभा सदस्य ऋषीलाल श्रेष्ठले प्रस्तुत गरे ।
७. श्रेष्ठले प्रस्तुत गरेको कार्यविधिको पक्षमा गाँउ सभा सदस्य शोभा चेपाङले औचित्य प्रस्ट्याउदै सर्मथन गरिन ।
८. न्यायिक समितिले उजुरीको कारवाही किनारा गर्दा अउनाउन पर्ने कार्यविधिको सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ उपाध्यक्ष एंव गाँउ सभा सदस्य सीता ढुंगानाले प्रस्तुत गरिन ।
९. ढुंगानाले प्रस्तुत गरेको विधेयकको पक्षमा गाँउ सभा सदस्य शोभा चेपाङले औचित्य प्रस्ट्याउदै सर्मथन गरिन ।
१०. आर्थिक कार्यविधि नियमित र व्यवस्थित गर्न बनेको विधेयक २०७५ वडा अध्यक्ष एंव गाँउ सभा सदस्य सुरेन्द्र चेपाङले प्रस्तुत गरेन ।
११. चेपाङले प्रस्तुत गरेको विधेयकको पक्षमा गाँउ सभा सदस्य पदम कुमारी अर्यालले औचित्य प्रस्ट्याउदै सर्मथन गरिन ।
१२. कृषि व्यवासाय प्रर्वद्धन गर्न बनेको विधेयक २०७५ वडा अध्यक्ष एंव गाँउ सभा सदस्य रामचन्द्र मिजारले प्रस्तुत गरे ।
१३. मिजारले प्रस्तुत गरेको विधेयकको पक्षमा गाँउ सभा सदस्य रामशरण लामिछानेले औचित्य प्रस्ट्याउदै सर्मथन गरे ।
१४. सहकारी विधेयक २०७५ वडा अध्यक्ष एंव गाँउ सभा सदस्य अर्जन बहादुर भुजेलले प्रस्तुत गरे ।
१५. भुजेलले प्रस्तुत गरेको विधेयकको पक्षमा गाँउ सभा सदस्य ध्रुव सुवेदीले औचित्य प्रस्ट्याउदै सर्मथन गरे ।
१६. एम.एम. रेडियो व्यवस्थापन तथा सञ्चालन कार्यविधि २०७५ वडा अध्यक्ष एंव गाँउ सभा सदस्य केशव अधिकारीले प्रस्तुत गरे ।
१७. अधिकारीले प्रस्तुत गरेको विधेयकको पक्षमा गाँउ सभा सदस्य नेतानन्द थपलियाले औचित्य प्रस्ट्याउदै सर्मथन गरे ।
१८. विपद जोखिम न्युनिकरण गर्न तथा व्यवस्थापन गर्न बनेको विधेयक २०७५ वडा अध्यक्ष एंव गाँउ सभा सदस्य राजकुमार दुंगानाले प्रस्तुत गरे ।
१९. दुंगानाले प्रस्तुत गरेको विधेयकको पक्षमा गाँउ सभा सदस्य कविता वरुवालले औचित्य प्रस्ट्याउदै सर्मथन गरिन ।
२०. सभाध्यक्ष बस्नेतले प्रस्तुत विधेयकमा संशोधन प्रस्ताव नपरेकोले हुन्छ भन्ने पक्ष र हुन्न भन्ने विपक्षमा हात उठाउन लगाई हुदैन भन्ने पक्षमा हात नहुठेकाले विधेयक सर्वसहमतिले स्वकिृत भएका जानकारी दिए ।
तस्वीर: राजेन्द्र बस्नेत